शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ब्राजिलले चार्जर बिनाका आइफोन बिक्री गर्न नदिने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २२ २०७९
ब्राजिलले चार्जर बिनाका आइफोन बिक्री गर्न नदिने

ब्राजिलले एप्पललाई यसअघि आइफोन १२ सार्वजनिक हुँदा पनि चार्जर बिना बिक्री गरेको भन्दै एप्पललाई १९ लाख  अमेरिकी डलर जरिबाना गरेको थियो। 

काठमाडौं- ब्राजिलले सरकारले चार्जर बिनाका आइफोन बिक्री नगर्न निर्देशन दिएको छ। 

अमेरिकी कम्पनी एप्पललाई ब्याट्री चार्जर बिनाका आइफोन १२ तथा नयाँ मोडल बिक्री नगर्न ब्राजिलको न्याय मन्त्रालयले चार्जर बिना बिक्री भएका यसअघिका फोनको कारोबारमा जरिबाना पनि उठान निर्देशन दिएको छ। 

चार्जर बिनाका फोन बिक्री गर्दा उपभोक्तालाई अतिरिक्त भार परेको भन्दै ब्राजिल सरकारले एप्पललाई यस्तो निर्देशन दिएको हो। 

आइफोन १४ सार्वजनिक गर्ने तयारीमा रहेको एप्पललाई ब्राजिलले नयाँ मोडल पनि बिक्री नगर्न निर्देशन दिएको छ। यदि निर्देश बिपरीत बिक्री गरेमा जरिबाना लाग्ने छ। 

ब्राजिलले एप्पललाई यसअघि आइफोन १२ सार्वजनिक हुँदा पनि चार्जर बिना बिक्री गरेको भन्दै एप्पललाई १९ लाख  अमेरिकी डलर जरिबाना गरेको थियो। 

फोनसँगै चार्जर नदिने एप्पलको नीतिको संसारभर आलोचना भइरहेको छ। उपभोक्तामाथि विभेद गरिएको तथा कम्पनी अधिक नाफामूखी भएको आरोप लाग्दै आएको छ। 

 


प्रकाशित : बुधबार, भदौ २२ २०७९०६:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend