आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

म्याग्दे गाउँपालिकामा हलगोरु पाल्नेलाई १० हजार अनुदान

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २१ २०७९
images
म्याग्दे गाउँपालिकामा हलगोरु पाल्नेलाई १० हजार अनुदान
images
images

तनहुँ- म्याग्दे गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई १० हजार रुपैयाँ अनुदान दिने भएको छ।

images
images
images

पछिल्लोसमय गाउँपालिकामा हाते ट्र्याक्टरको प्रयोगले गोरुपालनलाई  विस्थापित गर्दै लगेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले किसानलाई  गोरुपालनमा प्रोत्साहन गर्न अनुदान दिने कार्यक्रम ल्याएको जानकारी दिए। यसका लागि गाउँपालिकाले हलगोरु पाल्ने किसानको तथ्याङ्क सङ्कलन गर्ने योजना समेत बनाएको उनले बताएका छन्।

images
images

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने कृषि औजरका सामग्रीमा ५० प्रतिशत प्रदान गर्दै आएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए। 

images
images

प्रतिलिटर दूधमा १० रुपैयाँ अनुदान

त्यसैगरी गाउँपालिकाले दुग्ध उत्पादक किसानलाई प्रोत्साहन गर्न प्रतिलिटरमा १० रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। दूधमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनका अनुदान दिन लागेको जनाइएको छ। यसअघि गाउँपालिकाले प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिँदै आएको थियो। 

सहकारी आबद्व भएका दुग्ध किसानको तथ्याङ्क सङ्कलन गर्ने कार्यलाई पनि अघि बढाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए। गाउँपालिकाले सुत्केरी, गरिब र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ। सेवा लिनका लागि सम्बन्धित वडाबाट सिफारिस गर्नुपर्ने प्रावधान रहेको जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, भदौ २१ २०७९०५:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend