शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

‘फोर्ड अब प्रिमियममा प्रवेश गर्‍यो, सर्भिसमा कुनै समस्या हुँदैन’ 

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १९ २०७८
‘फोर्ड अब प्रिमियममा प्रवेश गर्‍यो, सर्भिसमा कुनै समस्या हुँदैन’ 

नेपालमा फोर्डको ग्लोबल मोडलहरू ल्याएर बिक्री गरिरहने उनले बताए। अहिले पनि रेन्जर, र्‍याप्टर ल्याइरहेको र एभरेस्ट ल्याउने तयारीमा जीओले गरिरहेको छ।  त्यस्तै फोर्डले उत्पादन गर्ने अन्य नयाँ मोडलका गाडीहरू पनि नेपाल आउने कम्पनीको भनाइ छ।

काठमाडौं- फोर्ड मोटर कम्पनीले भारतमा सवारी उत्पादन बन्द गर्दे निर्णय गरेसँगै अब नेपाली बजारमा ‘भारत निर्मित’ पोर्डका कार आउने छैनन्। फोर्डले भारतीय बजारलाई लक्षित गरेर सस्तो मूल्यका कारसमेत उत्पादन गर्दै आएको थियो। 

नेपाली बजारमा फोर्डका सवारी लामो समय अघिदेखि बिक्री हुँदै आएको छ, र आजपर्यन्त जारी छ। फोर्डले भारतीय प्लान्टबाट भारतसहित नेपाली बजारमालाई उपयुक्त हुने कार फिगो, इकोस्पोर्ट लगायत कार उत्पादन गरेको थियो। यी कारले संख्यात्मक बिक्रीलाई ठूलो टेवा पुर्‍याएको थियो, भारत र नेपाल दुबैमा। 

फोर्डले नेपाली बजारमा भारतीयसँगै अन्य देशमा उत्पादन भएका महँगा कारसमेत आयात गर्दै आएको थियो। अब भारतीय उत्पादन बन्द भए पनि नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले फोर्डका ‘हाइइन्ड’ कारहरू उपलब्ध गराइरहने जनाएको छ।

‘फोर्ड इन्डियाको प्लान्ट मात्र बन्द भएको हो, कम्पनी नै बन्द भएको होइन,’ जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले भने, ‘उनीहरूले सर्भिस पनि दिन्छन् र ग्लोबल मोडलका गाडीहरू पनि ल्याउँछन्। हामीले नेपालमा पनि अब फोर्डका प्रिमियम कार बिक्रीलाई निरन्तरता दिन्छौँ।’ 

नेपालमा फोर्डको ग्लोबल मोडलहरू ल्याएर बिक्री गरिरहने उनले बताए। अहिले पनि रेन्जर, र्‍याप्टर ल्याइरहेको र एभरेस्ट ल्याउने तयारीमा जीओले गरिरहेको छ।  त्यस्तै फोर्डले उत्पादन गर्ने अन्य नयाँ मोडलका गाडीहरू पनि नेपाल आउने कम्पनीको भनाइ छ। 

फोर्डले उत्पादन गरेको मस्टाङ म्याक इ इलेक्ट्रिक कार समेत ल्याउने योजना कम्पनीले बनाएको छ। त्यस्तै कम्पनीले फोर्डले उत्पादन गरेका अन्य प्रिमियम कारहरूले नेपाली उपभोक्तालाई उपलब्ध गराउँदै जाने योजना प्रबन्ध निर्देशक गोल्छाले सुनाए। 

सर्भिस र पार्टस्मा समस्या हुँदैन

भारतीय प्लान्ट बन्द भएसँगै फोर्डका कार बारे बजार विभिन्न हल्लाहरू फैलिए पनि फोर्ड नेपालमा रहेको र रहिरहने गोल्छाको भनाइ छ। ‘भारतीय मोडलका फोर्डका गाडी चलाउने हाम्रा ग्राहकलाई वारेन्टी, सर्भिस र स्पेयरमा कुनै समस्या हुन दिँदैनौं,’ उनले भने, ‘फोर्डका उपभोक्तालाई बजार हल्लाका पछि नलाग्न आग्रह गर्दछु।’  

फोर्डले तत्काल नेपालभर रहेका कुनै पनि डिलर बन्द नगर्ने गोल्छाको भनाइ छ। ‘ठूला सहरहरूमा त केही समस्या हुँदैन, हाम्रो सोरुम र सर्भिस सेन्टर कायम नै हुन्छ। साना सहरमा हामी नै आधिकारिक वितरक भएको अन्य ब्रान्डका सर्भिस सेन्टरले फोर्डको सर्भिससमेत दिने व्यवस्था गरिन्छ,’ उनले भने, ‘डाइहात्सु ब्रान्डका कारका सर्भिस हामीले अहिले पनि दिइरहेका छौँ भनेपछि फोर्डको गाडी तर हामी निरन्तर ल्याइनौ रहन्छौँ।’ यसले सर्भिस र स्पेयरमा कुनै अप्ठेरो अवस्था नआउने उनको दाबी छ। 

नेपाली बजारमा फोर्डका गाडी बिक्री भइ नै रहन्छन्। बेच्न गाह्रो नहुने, फोर्डका गाडी राम्रो भएको र मूल्य पनि सान्दर्भिक भएको गोल्छाले बताए। ‘फोर्डका कार भारतबाट आउँदा जुन संख्यामा बिक्री भइरहेको थियो अब त्यो संख्यामा पक्कै हुँदैन,’ उनले भने, ‘तर अब प्रिमियम कार बिक्रीमा केन्द्रित हुँदा संख्यामा कम भए पनि बिक्री मूल्यमा त्यती कम हुँदैन भन्ने हाम्रो आँकलन छ।’ 

अहिले फार्डका गाडी सीमित संख्यामा मात्र स्टकमा रहेकाले त्यो बिक्री गर्न समस्या नहुने कम्पनीको भनाइ छ। त्यसका लागि जे स्किम चलिरहेको छ त्योबाहेक थप छुटको योजना कम्पनीले अघि नसार्न स्पष्ट पारेको छ। 

कम्पनीले फोर्डको नयाँ एभरेष्टको बुकिङसमेत खुला गरेको छ। थाइल्यान्डमा बनेको उक्त गाडीको बुकिङ खुला गरे पनि नेपाली बजारमा आइपुग्न केही महिना लाग्नेछ। 

२.० लिटर बीईटर्बाे डिजेल इन्जिन र विश्वकै पहिलो १० स्पीड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट अफरोड एसयूभीको रुपमा निक्कै चर्चित छ। २०२२ को सुरुवातमै नेपाल आइपुग्ने यो गाडीको सुरुवाती मूल्य १ करोड ९९ लाख रुपैयाँ हुनेछ। 

एभरेष्टमा भएको अफरोडिङ क्षमता, अफोर्डेबल सर्भिस कस्ट र एड्भान्स फिचर प्याकले नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ बेन्चमार्क स्थापित गर्ने दाबी कम्पनीको छ।


प्रकाशित : मंगलबार, असोज १९ २०७८११:२९
  • सम्बन्धित विषय:

  • # फाेर्ड नेपाल
  • # जीओ फाेर्ड
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend