बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शेर्पा हस्पिटालिटीले ल्यायो लक्जरी होटल ब्रान्ड, १५ होटल माउन्टेन लजको नामबाट चल्ने

शुक्रबार, भदौ १७ २०७९
शेर्पा हस्पिटालिटीले ल्यायो लक्जरी होटल ब्रान्ड, १५ होटल माउन्टेन लजको नामबाट चल्ने

शेर्पा हस्पिटालिटी समूहका अनुसार १५ वटा यस्ता होटल अहिले नै सञ्चालनमा छन्। सातवटा होटल सगरमाथा क्षेत्रमा छन् भने आठवटा अन्नपूर्ण क्षेत्रमा छन्। 

काठमाडौं- नेपालको पर्यटनमा चर्चित व्यावसायिक घराना यती समूहले नयाँ घरेलु होटल ब्रान्ड ल्याएको छ। नेपालमा हिमालय क्षेत्रमा भिन्न भिन्न नामबाट होटल सञ्चालन गर्दै आएको समूह अन्तर्गतको शेर्पा हस्पिटालिटीले होटल ब्रान्ड ल्याएको हो। 

विशेषगरी सगरमाथा तथा अन्नपूर्ण पदयात्रा क्षेत्रमा होटल सञ्चालन गरिरहेको यो समूहले अब भने आफ्नै लक्जरी होटल ब्रान्डबाट व्यवस्थापन गर्ने भएको हो। माउन्टेन लज अफ नेपाल नामको यो होटल ब्रान्ड नेपालकै लक्जरी ब्रान्ड भएको समूहले दाबी गरेको छ। 

यो समूहले यसअघि यति माउन्टेन होम र केर एन्ड ड्वेनी नामबाट हिमालय क्षेत्रमा होटल सञ्चालन गर्दै आएको थियो। सगरमाथा र अन्नपूर्ण क्षेत्रमा होटल सञ्चाल बनाएर चलाएपनि अब भने सबै होटलमा एउटै ब्रान्ड हुने छ। 

माउन्टेन लज अफ नेपाल होटलको छुट्टै स्ट्यार्ड तय हुने छ। यसका लागि इन्टेरियरदेखि रेष्टुरेन्ट र बेडसम्म अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड तय हुने छ। यही मापदण्ड अनुसार अहिलेका होटलको स्तरोन्नति हुने छ। 

mln1.png

होटलको रिब्रान्डिङबाट पर्वतीय अतिथ्यताको विरासतलाई कायम गर्दै नयाँ नेपालको लक्जरी होटल ब्रान्डका रुपमा स्थापित गरिने समूहले घोषणा गरेको छ।

पर्वतीय क्षेत्रमा अभूतपूर्व अतिथ्यता प्रदान गर्ने अभियान अन्तर्गत होटलको नयाँ ब्रान्ड ल्याइएको शेर्पा हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले जानकारी दिए। 

'माउन्टेन लज अफ नेपाल हिमालय क्षेत्रमा विश्वस्तरीय आरामदायी अनुभव प्रादन गर्ने हाम्रो सपनाको विस्तार हो' शेर्पाले भने,' अविस्मरणीय पर्वत यात्राका लागि हामी झन्झटरहित यात्राको चाँजोपाँजो मात्र होइन आरामदायी अतिथ्यता पनि हामीले प्रदान गर्नेछौं।' 

यो नयाँ ब्रान्डमा सञ्चालन हुने पहिलो होटल फाक्दिङ लज हुनेछ। त्यस्तै सन् २०२३ को पहिलो त्रैमासमा सगरमाथा क्षेत्रको दोबोचे लज नयाँ ब्रान्डमा सञ्चालन हुने छ। 

शेर्पा हस्पिटालिटी समूहका अनुसार सातवटा होटल सगरमाथा क्षेत्र र आठवटा अन्नपूर्ण क्षेत्रमा माउन्टेन लजको नामबाट सञ्चालन हुनेछन्। यी क्षेत्रमा कतिपय होटल पूर्वाधार निर्माणको क्रममा छन्। 

शेर्पा हस्पिटालिटी समूहसँग हाल १८ वटा होटल छन्। पदयात्रा क्षेत्रका १५ बाहेक मुस्ताङको मोक्षा जसमा हाल शिन्तामणी भित्रिएको छ। त्यस्तै एउटा लुम्बिनी र एउटा चितवनको सौराहमा छ। 


प्रकाशित : शुक्रबार, भदौ १७ २०७९०९:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend