बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कालोबजारी नियन्त्रण गर्न आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ १० २०७९
कालोबजारी नियन्त्रण गर्न आग्रह

काठमाडौं- चाडवाड नजिकिँदै गर्दा नेपाली उपभोक्ता संरक्षण महासङ्घले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ। रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै महासङ्घले गुणस्तरहीन खाद्यान्न, मुल्य वृद्धिले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परेको बताएको हो।

अध्यक्ष चन्द्र साउदले सरकारले कालोबजारी, मूल्य वृद्धि एवं गुणस्तरहीन वस्तुको बिक्रीवितरण तत्काल नियन्त्रण गर्न आग्रह गरे। उनले नेपाली उपभोक्ता धेरै विषय वस्तुमा ठगिनु परेको टिप्पणी गर्दै कालोबजारी नियन्त्रण नगरे आन्दोलन गर्ने चेतावनी दिए। 

वरिष्ठ उपाध्यक्ष इन्द्रराज भट्टराईले दिनहुँ हुने कालोबजारी, मुल्य वृद्धिबारे जनता सचेत हुनुपर्ने बेला आएको बताए। उनले उपभोक्ताविरुद्ध लाग्ने जोसुकैलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरे।

कार्यक्रममा महासङ्घका प्रवक्ता लुमडी कार्कीलगायतले कालोबजारी रोक्न माग गरेका थिए। महासङ्घमा सात वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै उपभोक्ता हकहितमा कार्यरत ११ सङ्घ आबद्ध छन्। महासङ्घको सात वटा प्रदेश समितिहरु तथा विभिन्न जिल्ला समिति क्रियाशील छन्। रासस


प्रकाशित : शुक्रबार, भदौ १० २०७९१३:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend