बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दसैँ व्यापार प्रवर्द्धन मेला आइतबारदेखि

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ ४ २०७९
दसैँ व्यापार प्रवर्द्धन मेला आइतबारदेखि

भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौँ व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।

काठमाडौं- स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्न पाँचौँ दसैँ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि हुने भएको छ।

स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा यही भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौँ व्यापार प्रवर्द्धन मेला काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको हो।

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागेको जानकारी दिए।

मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ। 

सो एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले कोरोना महामारीका कारण धराशायी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने बताइएको छ। मेला १५ दिनसम्म चल्ने छ। रासस


प्रकाशित : शनिबार, भदौ ४ २०७९०६:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend