बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सेयर लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १६ २०७८
सेयर लगानीकर्ताको मनोविज्ञानमा नकारात्मक प्रभाव

साताभर कुल २३३ कम्पनीको सेयर कारोबार भयो। साताभर पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता सेयर २६ अर्ब ९ करोड ५१ लाख ६३ हजार ६५४ रुपैयाँमा खरिद बिक्री भए। 

काठमाडौं- धितोपत्र बजारमा यस साता सेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो। सातामा ५ दिन कारोबार हुँदा ४ दिन नेप्से परिसूचक ओरालो लाग्यो भने १ दिन मात्रै उकालो यात्रामा रह्यो। 

करिब ३३ सय बिन्दु नजिक पुगेको नेप्से ओरालो लागेर २६ मा ओर्लेको छ। पछिल्ला दिनमा लगानीकर्ताको मनोविज्ञानमा पनि केही नकारात्मक प्रभाव परेको टिप्पणी हुन थालेको छ। यस्तै नेपाल राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सीमा, बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव तथा व्याजदरमा भएको वृद्धिका कारण पनि सेयर बजारमा केही प्रभाव परेको हो। 

एकाध मानिसले ठूलो परिमाणमा सेयर कर्जा लिएको तथ्य पनि सार्वजनिक भएको छ। यस्तै लगानीकर्ताका केही संघ तथा संगठनले आन्दोलनका कार्यक्रम जारी राखेका कारण बजारले सोचेजति गति लिन नसकेको देखिन्छ।

साताभर कुल २३३ कम्पनीको सेयर कारोबार भयो। साताभर पाँच करोड ५२ लाख २२ हजार ६५७ कित्ता सेयर २६ अर्ब ९ करोड ५१ लाख ६३ हजार ६५४ रुपैयाँमा खरिद बिक्री भए। 

सेयर कारोबार हुने साताको पहिलो आइतबार नेप्से परिसूचकमा उच्च अंकले घट्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार त्यस दिन नेप्से परिसूचक ६१.२७ बिन्दुले घटेर दुई हजार ७५८.४८ मा ओर्लियो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १०.७० बिन्दुले घटेर ५१९.३६ मा सीमित भयो। 

कुल २३३ कम्पनीको एक करोड ४४ लाख ९४ हजार २६० कित्ता सेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० रुपैयाँमा खरिद बिक्री भए। त्यसदिनको कारोबारपछि बजार पूँजीकरण ३८ खर्ब ६१ अर्ब ३७ करोड २७ लाख ६० हजार रुयैयाँमा ओर्लियो। 

आइतबार सामूहिक लगानी कोषबाहेक अरु १२ उपसमूहको सेयर ओरालो लागे। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही ३३ करोड ९५ लाख ७३ हजार ६५५ रुपैयाँ बराबरको खरिद बिक्री भयो। 

सोमबार नेप्से परिसूचक उच्च अंकले ओरालो लाग्यो। त्यसदिन नेप्से परिसूचक ७३.०५ अंकले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लियो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अंकले घटेर ५०६.३३ मा सीमित भयो। 

कुल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता सेयर ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँमा खरिद बिक्री भए। सोमबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ५९ अर्ब ११ करोड २३ लाख ९० हजार रुपैयाँ बराबर पुगेको थियो। 

त्यसदिन १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो। कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही १५ करोड ४९ लाख ७१ हजार २३० रुपैयाँ बराबरको कारोबार भयो। 

मंगलबार नेप्सेमा पहिरो लाग्यो भने बजार पूँजीकरण पनि घट्यो। त्यसदिन नेप्से ओरालो लागेर दुई हजार ६१५.४० मा ओर्लियो। यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ मा ओर्लियो। 

कुल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँमा खरिद बिक्री भए। मंगलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजार रुपैयाँमा पुग्यो। त्यसदिन कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लाग्यो। 

कारोबारका आधारमा शीर्ष स्थानमा रहेको कुमारी बैंकमा १८ करोड ८२ लाख २७ हजार २९६ रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो। बुधबार नेप्से परिसूचक ५०.५८ अंकले उकालो लागेर दुई हजार ६६५.९३ मा पुग्यो। 

ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.५८ अंकले उकालो लागेर ५०३.४६ मा पुग्यो। नेप्से उकालो लागे पनि कारोबार रकम भने उकालो लाग्न सकेन। कुल २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर ५ अर्ब दुई करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँमा खरिद बिक्री भए। बुधबारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब ३१ अर्ब ८४ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्यो। 

त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्सेमा ३२ अंकको गिरावट आयो। नेप्से परिसूचक ३२.५१ अंकले घटेर दुई हजार ६३३.४२ अंकमा पुग्यो। ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४१ अंकले घटेर ४९७.०५ अंकमा पुग्यो। 

नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओेरालो लागेको छ। कुल २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा खरिद बिक्री भयो। कारोबार भएका १३ उपसमूहमध्ये त्यसदिन तीन उपसमूहको सेयर उकालो लाग्यो भने १० उपसमूहको सेयर ओरालो लाग्यो। 

सेयर कारोबार हुने साताको अन्तिम दिनमा आइपुग्दा बजार पूँजीकरण घटेर ३६ खर्ब ८६ अर्ब ३३ करोड ८ लाख ३० हजार रुपैयाँमा सीमिति भएको छ। रासस


प्रकाशित : शनिबार, असोज १६ २०७८१२:२१
  • सम्बन्धित विषय:

  • # साताकाे सेयर बजार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend