बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल र बेलायतबीच श्रम समझदारीमा आउँदो सोमबार हस्ताक्षर हुँदै, नर्स पठाउन बाटो खुल्ने

बुधबार, भदौ १ २०७९
नेपाल र बेलायतबीच श्रम समझदारीमा आउँदो सोमबार हस्ताक्षर हुँदै, नर्स पठाउन बाटो खुल्ने

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन।

काठमाडौं- नेपाल र बेलायतबीच आउँदो सोमबार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। जसले बेलायतमा नर्स पठाउने पक्रिया अघि बढ्नेछ। 

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। 

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउनेसम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो। 

बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाडौंस्थित बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारीपत्रको मस्यौदा तयार गरिएको हो।

रोजगारीका लागि बेलायत जाने नर्सले कुनै पनि शुल्क बुझाउनुपर्ने छैन। पहिलो चरणमा दुई हजार नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको छ। 


प्रकाशित : बुधबार, भदौ १ २०७९०९:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend