बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विदेश पठाइदिने लोभ देखाएर २२ लाख ठगी, दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २९ २०७९
विदेश पठाइदिने लोभ देखाएर २२ लाख ठगी, दुईजना पक्राउ

काठमाडौं- बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज दुई जनालाई पक्राउ गरेको छ।

बेलायत पठाइदिने लोभ देखाएर १५ लाख ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ। राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति तीन लाख ठगी गरेको खुल्न आएको छ। 

त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ। 

यता दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाडौंको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका–७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ।

वर्किङ भिसामा दुबई जानका लागि सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक एक लाखसम्म तलब हुने भनी सात लाख ५० हजार लिई उनी फरार भएका थिए। उनलाई पनि सोही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। रासस


प्रकाशित : आइतबार, साउन २९ २०७९१३:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend