बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सरकारको बोलीमा छैन भर, निरन्तर सडकमै छन् मिटरब्याजी पीडित [तस्बिरहरू]

आइतबार, साउन २९ २०७९
सरकारको बोलीमा छैन भर, निरन्तर सडकमै छन् मिटरब्याजी पीडित [तस्बिरहरू]

काठमाडौं- मिटर ब्याजका कारण ठगिएका किसानहरू अहिले माइतीघरमा आन्दोलनमा छन्। मिटर ब्याजमा पैसा र जग्गा कब्जा गरेका साहुलाई कारबाहीको माग राख्दै मिटर ब्याज पीडितले धर्ना बसेर शान्तिपूर्ण आन्दोलन गरिरहेका हुन्।

मिटर ब्याजका कारण ठगिएका नवलपरासीका किसानहरूले गत असारमा पनि माइतीघरमै धर्ना दिएका थिए। त्यसबेला गृह मन्त्रालयले सहमति गरेर माग पूरा गर्ने प्रतिबद्धता जनाएको थियो। अहिले माग पूरा नभएपछि उनिहरू पुन: माइतीघरमा छन्। 

किसानहरूले थोरै रकम ऋण लिँदा साहुले ठगेर महँगो ब्याज थप्दै मूलधनमै जोड्ने र त्यसलाई कीर्ते गरी तमसुक बनाउँदै ठग्ने गरेको खुलेको छ। ऋणको रकम र लामो समयसम्म ब्याज तिरिसक्दा पनि अझै चर्को ब्याज तथा दृष्टिबन्धक गराएर जग्गा नै लिने गरेकाले किसानहरू मर्कामा परेका हुन्। 

miter byaj pidit (1).jpg

सरकारले मिटरब्याजीविरुद्ध बढीभन्दा बढी तथ्य र प्रमाण जुट्ने गरी स्थानीय प्रशासन कार्यालयमा भदौ ५ गतेभित्रमा उजुरी दिन पीडितहरूमा आह्वान गरेको छ। मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि गएको शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका सिफारिस गर्न कार्यदल समेत गठन भएको छ।

नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भइ काठमाडौं माइतीघरमा धर्ना दिँदै आएका मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदूर संघर्ष समितिसँग काठमाडौंका प्रजिअ नेतृत्वको टोलीले वार्तासमेत गरिसकेको जनाएको छ। उक्त समस्या नवलपरासीमा मात्रै नभइ अधिकांश जिल्लाहरूमा रहेको हुनसक्ने भएकाले स्थानीय प्रशासनमा उजुरी दर्ता गर्न सरकारले आह्वान गरेको हो।

कार्यदलमा पीडित किसानको प्रतिनिधित्व नभएको आवाज उठिरहेको छ। सरकारले बारम्बार प्रतिबद्धता गरेर पनि माग पूरा नगरेको भन्दै किसानहरू साउन १८ गतेदेखि निरन्तर धर्नामा छन्। उनीहरूले अहिले माग पूरा नहुँदासम्म घर नफर्किने बताएका छन्।

miter byaj pidit (2).jpg
miter byaj pidit (3).jpg
miter byaj pidit (4).jpg

miter byaj pidit (9).jpg

miter byaj pidit (7).jpg
miter byaj pidit (8).jpg
miter byaj pidit (10).jpg
miter byaj pidit (11).jpg


प्रकाशित : आइतबार, साउन २९ २०७९१०:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend