शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

स्कोडाको दसैं अफरः मासिक २९ हजार रुपैयाँ किस्तामा स्कोडा कुशाक

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज १५ २०७८
स्कोडाको दसैं अफरः मासिक २९ हजार रुपैयाँ किस्तामा स्कोडा कुशाक

‘ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक’ नामक योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने छ। 

काठमाडौं- नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले दसैंतिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ।

‘ड्राइभ इन फेस्टिभ वीथ स्कोडा कुशाक’ नामक योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सकिने छ। 

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्न सक्नेछन्। नेपालीले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लूले दसैं योजना ल्याएको जनाएको छ। 

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन। र्‍यापिड र क्यारोकमा पनि एमएडब्लूले विशेष योजना ल्याएको छ। ग्राहकले हरेक स्कोडा कारको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउने छन्।  

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ। विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटर इन्जिनले १ सय १५ पीएस पावर र १ सय ७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो। 

दुई महिनाअघि सार्वजनिक भएको स्कोडा कुशाकलाई कार पारखीमाझ स्थापित भइसकेको छ। बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिङ फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन्। 


प्रकाशित : शुक्रबार, असोज १५ २०७८१२:२३
  • सम्बन्धित विषय:

  • # स्काेडा
  • # स्काेडा कुशाक
  • # एमएडब्लू इन्टरप्राइजेज
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend