शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

'रासायनिक मलका लागि सरकारले छुट्यायो १६ अर्ब अनुदान'

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, साउन २८ २०७९
'रासायनिक मलका लागि सरकारले छुट्यायो १६ अर्ब अनुदान'

अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै मलको समस्या समाधान हुने गृहमन्त्रीले बताए।

रुपन्देही- गृहमन्त्री बालकृष्ण खाणले कृषि उत्पादनलाई प्राथमिकता दिँदै सरकारले झण्डै १६ अर्ब रुपैयाँ रासायनिक मलमा अनुदान छुट्याएको बताएका छन्। शुद्धोधन गाउँपालिका-५ मा निर्मित शुद्धोधन उद्यानको उद्घाटन गर्दै उनले कोरोना सङ्क्रमणका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य धेरै पर्ने भएकाले अनुदान छुट्याएको स्पष्ट पारे।

'रासायनिक मल खरिदका लागि प्रक्रिया अघि बढेको छ। अन्तर्राष्ट्रिय बजारमा जति मूल्य छ त्यसैमा किन्ने हो किसानलाई महँगो पर्छ। हामी पनि किसानकै सन्तान भएकाले कृषकले उत्पादनमा अवरोध झेल्न नपरोस् भनेर प्रयत्न गरिहेको छौँ', उनले भने।

अहिले विभिन्न स्वरुपमा मल आयात भए पनि पर्याप्त नभएको उनको भनाइ छ। अहिले विभिन्न देशसँग संवाद गरिराखेकाले छिट्टै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे।

'भारतले किनेको जति मूल्यमा हामीले ल्याउनुपर्छ। पछिल्लो समय भारत सरकारले तोकेको मूल्य बढी भएकाले खरिद गर्न सकिएको छैन। मलसम्बन्धी कारखाना खोलौँ भने समय लाग्छ। कारखाना सहज छैन। ठूलो ऊर्जाको आवश्यकता पर्छ', गृहमन्त्री खाणले भने। रासस


प्रकाशित : शनिबार, साउन २८ २०७९१०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend