आइतबार, वैशाख २१ गते २०८२    
आइतबार, वैशाख २१ २०८२
images
images

चिनियाँ कम्पनीलाई पन्छाउँदै फोर्डको गुजरात प्लान्ट टाटा मोटर्सले किन्यो, विद्युतीय कार उत्पादन प्राथमिकतामा 

images
सोमबार, साउन २३ २०७९
images
चिनियाँ कम्पनीलाई पन्छाउँदै फोर्डको गुजरात प्लान्ट टाटा मोटर्सले किन्यो, विद्युतीय कार उत्पादन प्राथमिकतामा 

फोर्डको सनानन्द प्लान्टको जमिन, भवन, त्यहाँ रहेको मेसिनरीसहित त्यहाँका सक्षम कामदारहरुलाई समेत टाटाले लिने छ। 

images
images

काठमाडौं- भारतीय सवारी उत्पादक कम्पनी टाटा मोटर्सले फोर्डको गुजरातको सनानन्दमा रहेको प्लान्ट किन्ने निश्चित भएको छ। फोर्ड मोटरले टाटालाई उक्त प्लान्ट ७ देखि साढे ७ अर्ब भारुमा हस्तातन्तरण गर्ने भएको हो।

images
images
images

फोर्डले २०२१ को अन्त्मा भारतबाट बाहिरिने निर्णय गरेको थियो। त्योसँगै फोर्डको भारतमा रहेका दुई प्लान्टमध्ये गुजरात प्लान्ट टाटाले किन्ने बारे छलफल चलिरहेको थियो। अन्ततः गुजरात प्लान्ट टाटाले नै पाउने गरि सम्झौता भएको हो। फोर्डको अर्को प्लान्ट तमिलनाडूमा छ जुन कसले किन्ने भन्ने निश्चित भएको छैन। 

images
images

प्यासेन्जर कार उत्पादनमा टाटा मोटर्स निक्कै आक्रामक देखिएको छ। टाटाका प्यासेन्जर कार पछिल्लो सयम भारतसहति नेपाल लगायत मुलुकमा उल्लेख माग भइरहेको छ। त्यसैले टाटाले प्यासेन्जर कार बिक्री विस्तार गर्नका लागि गुजरात प्लान्ट खरिद गर्न चाहेको थियो। 

images
images

फोर्डको गुजरात प्लान्ट किनेपछि टाटाले गुजरातबाट वार्षिक कुल ४ लाख कार उत्पादन गर्ने क्षमता बनाएको छ। भारतभर रहेका टाटाका अन्य कार प्लान्टबाट अब वार्षिक ९ देखि १० लाख कार उत्पादन हुने क्षमता बनेको छ। 

हाल भारतको सबैभन्दा धेरै विद्युतीय कार उत्पादन गर्दै आएको टाटा मोटर्संले यसलाई थप विस्तार गर्ने योजना बनाएको छ। टाटा मोटर्सले विद्युतीय कार उत्पादनमा थप २ अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। योसँगै कम्पनीले २०२५ सम्म १० वटा मोडलका विद्युतीय कार बजारमा ल्याइसक्ने बताएको छ।

टाटाले आव २०२२ मा भारतमा १९ हजार विद्युतीयकार बिक्री गरेकोमा आगामी आर्र्थिक वर्षमा विद्युतीय कार १ लाख वटा बिक्री गर्ने लक्ष्य राखेको छ। 

फोर्डको सनानन्द प्लान्टको जमिन, भवन, त्यहाँ रहेको मेसिनरीसहित त्यहाँका सक्षम कामदारहरुलाई समेत टाटाले लिने छ। फोर्डको सनान्द प्लान्ट खरिद गर्न केही भारतीय कम्पती तथा धेरै चिनियाँ कम्पनीले चासो दिएका थिए। तर गुजरात सरकारले चिनियाँ कम्पनीलाई उक्त प्लान्ट दिने बारेमा त्यति चासाे दिएन। भारतमा आउन चाहेको ग्रेटवाल मोटर्सलाई समेत भारतले लगानी स्वीकृत नगर्दा जनरल मोटर्सको प्लान्ट खरिद गर्न सकेन। 

टाटाले सनानन्द प्लान्टमा विदुतीय कार उत्पादन गर्न नयाँ मेसिनरी र औजारहरु खरिद गर्ने हो भने कार उत्पादनका लागि तयार हुने टाटा प्यासेन्जर इलेक्ट्रिक भेहिकलले उल्लेख गरेको छ। यो प्लान्टबाट वार्षिक २ लाख कार उत्पादन हुने क्षमता राख्छ। केही विस्तार गरेर वार्षिक ४ लाख वटासम्म कार उत्पादन गर्न सकिनेछ। 


प्रकाशित : सोमबार, साउन २३ २०७९०७:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend