बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केयूएसओएम रोजगार र इन्टर्नशिप मेला भदौ पहिलो साता हुने 

सोमबार, साउन २३ २०७९
केयूएसओएम रोजगार र इन्टर्नशिप मेला भदौ पहिलो साता हुने 

काठमाडौं- काठमाडौं विश्वविद्यालयको प्लेसमेन्ट सेलद्वारा आयोजना गरिने केयूएसओएम रोजगार तथा इन्टर्नशिप फेयर (केजेआईएफ) आउँदो भदौ ६ र ७ गते हुने भएको छ। 

स्कूल अफ म्यानेजमेन्ट (केयूएसओएम) एक वार्षिक फ्ल्यागशिप कार्यक्रम हो जसले केयूएसओएमका विद्यार्थीहरू र कर्पोरेट हाउसबीच एक पुलको रूपमा काम गर्दछ। यसले विद्यार्थीहरूलाई आफ्नो रोजाइको कम्पनीसँग जाेड्ने मात्र नगरी रोजगारदाताहरूलाई प्रतिभा जाँच्ने अवसर पनि प्रदान गर्दछ। अतः उक्त मेलाले दुवै पक्षलाई अधिकतम लाभहरू प्राप्त गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ। 
 
सन् २०११ मा स्थापना भएदेखि नै यस कार्यक्रमले हरेक वर्ष प्रमुख राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूबाट अत्याधिक प्रतिक्रिया पाइरहेको छ। इभेन्टले उद्योगसँग सही सम्बन्ध स्थापित गर्ने आफ्नो लक्ष्य हासिल गर्न सफल भएको छ, जुन प्लेसमेन्टको सफलता दर र विद्यार्थीहरूसँगै कार्यक्रमको बारेमा कम्पनीहरूले दिएको प्रतिक्रियामा प्रतिबिम्बित भइरहेको छ। 
 
सन् २०२१ काे केजेआईएफ, कोभिड-१९ महामारीलाई ध्यानमा राखेर अनलाइन सञ्चालन गरिएको थियो जसमा कुल ६० कम्पनीहरूको सहभागिता देखियो। यस वर्ष केजेआईएफ भौतिक रुपमा नै आयोजना हुने भएको छ। 

यसवर्ष केजेआईएफमा सहभागी हुने ६४ वटा पुष्टि भएका कम्पनीहरू छन्। जुन अहिलेसम्मकै सबैभन्दा धेरै कम्पनीहरू हुने छन्। यस वर्षको लागि आफ्नो सहभागिता पुष्टि गरेका कम्पनीहरुमध्ये लक्ष्मी ग्रुप, स्ट्याण्डर्ड चार्टर्ड, चौधरी ग्रुप, आईएमई ग्रुप, लीपफ्रग, ई-सेवा, युनिलिभर नेपाल, गोल्डस्टार, दराज, होङफु आदि रहेका छन्। साथै यस मेलामा कुसमका बीबीए, बीबीआईएस र एमबीएका २ सय विद्यार्थीहरू सहभागिता रहने छ। 


प्रकाशित : सोमबार, साउन २३ २०७९०६:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend