बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

छैटौँ 'अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला २०२२' आयोजना हुने

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २२ २०७९
छैटौँ 'अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला २०२२' आयोजना हुने

काठमाडौं- नेपालमा अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको व्यापार मेला हुने भएको छ। महिला उद्यमी महासंघ नेपालले आगामी भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा छैठौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने भएको हाे। उक्त मेलामा महिला उद्यमको विकासका विषयमा छलफल तथा अन्तक्रिया समेत हुने छ। 

यस व्यापार मेलामा नेपाल अधिराजाभरिका साना तथा मझौला महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय मुलुकका उद्यमी महिलाहरुको सहभागिता रहनेछ साथै देश भित्रका विभिन्न जिल्ला संघका महिला उद्यमीहरुको सक्रिय सहभागिता रहनेछ।

नेपालमा उत्पादन भएका वस्तु तथा हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले महिला उद्यमी महासंघ नेपाल, नेपाल सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति न्त्रालय अर्न्तगत व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले सहयोग गरेको छ। त्यसैगरी, युरोपेली संघ, अन्तर्राष्ट्रिय व्यापार केन्द्र सहित लगायतको पनि सहकार्य मेलामा रहने आयोजकले जनाएको छ। 

मेलामा  प्राकृतिक रेशाजन्य वस्तु ढाका तथा घरबुनाका सामराले समका बस्तुहरु जैविक, स्वदेश तथा विदेशका खानेकुराका परिकारहर कृषिजन्य पुष्प सामाग्रीहरु डियूटीहरू, गरगहना, सजावटका सामानका समानहरु समेत प्रर्दशनीमा राखिने छ।  

अन्तराष्ट्रिय महिला व्यापार मेलाले उद्यमी महिलाहरुको सीप र सृजनालाई अगाडी ल्याएर राष्ट्रिय तथा बजारमा आफ्नो पहिचान बनाउन सघाउ पुर्‍याउनुका साथै उनीहरुलाई अगाडी बढ्ने विश्वास पनि महिला उद्यमी महासंघ नेपालले लिएको छ। यस मेलामा जम्मा १०६ स्टलहरु स्वदेशका महिला उद्यमी लगायत भारत, पाकिस्तान, बंगलादेश आदिका महिला उद्यमीहरुका उत्कृष्ट उत्पादनहरु पनि किन्ने र अवलोकन गर्ने अवसर प्राप्त हुने आयोजकले जनाएको छ। 


प्रकाशित : आइतबार, साउन २२ २०७९११:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend