बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

५ मदिरा उद्योगलाई क्षमता विस्तारको अनुमति, एउटाको म्याद थप

ग्रिन टोबाकोलाई क्षमता विस्तारको अनुमतिसँगै ८ क्रसर उद्योगलाई समेत अनुमति

बिहीबार , साउन १९ २०७९
५ मदिरा उद्योगलाई क्षमता विस्तारको अनुमति, एउटाको म्याद थप

साउथ एसियन ब्रुअरीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय पनि भएको छ। 

काठमाडौं- औद्योगिक प्रवर्द्धन बोर्डको बैठकले १५ वटा उद्योगलाई अनुमति तथा लगानी विस्तार गर्न दिने निर्णय गरेको छ।

लामो समयपछि बिहीबार बसेको बोर्डको बैठकले ५ वटा मदिरा उत्पादन गर्ने उद्योगको लागनी विस्तार तथा १ उद्योगको अनुमति म्याद थपको निर्णय भएको बैठकका एक सहभागीले बताए। 

उनका अनुसार अरुण डिस्टिलरी, नेचुरल स्पिरिट, छिन्नमस्ता डिस्टिलरी, न्यू एभरेष्ट र यती डिस्टिलरीलाई लगानी विस्तारको अनुमति दिएको हो।

यसैगरी ग्रिन टोबाकोलाई क्षमता विस्तार गर्न दिने निर्णयसमेत भएको छ। साउथ एसियन ब्रुअरीको अनुमतिपत्रको म्याद थप गर्ने निर्णय पनि भएको छ। 

यसैगरी बैठकले ८ वटा  क्रसर उद्योगलाई समेत अनुमति दिएको छ।


प्रकाशित : बिहीबार , साउन १९ २०७९१४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend