बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

बुधबार, साउन १८ २०७९
वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड

काठमाडौं- देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले 'प्रदेशको इमर्जिङ सेक्टर'का लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ।

प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी) महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो।

मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो।

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो। त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो।

यस कम्पनीले नेपालका विभिन्न शहरी तथा ग्रामिण क्षेत्रमा वृहत फाइवर नेटवर्क निमार्ण गरि नेपालको ७५ जिल्लाहरुमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ।

यस कम्पनीले  वर्तमान समयमा ६ लाख ४५ हजार भन्दा बढी घरधुरी इन्टरनेट प्रयोगकर्ता तथा ९ हजारभन्दा बढि संघ सस्था, बैकं एवं वित्तीय संस्था तथा सरकारी कार्यालयहरुलाई इन्टरनेट एवं डाटा कनेक्टिभिटि लगायत १३ हजार भन्दा बढी स्थानहरूमा फ्रि वाइफाई सेवा उपलब्ध गराइरहेको छ।


प्रकाशित : बुधबार, साउन १८ २०७९१४:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend