बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

विश्वकपमा होटल मजदूरको सुरक्षा गर्न कतारलाई आग्रह

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १२ २०७९
विश्वकपमा होटल मजदूरको सुरक्षा गर्न कतारलाई आग्रह

दोहा (रासस/एएफपी)- बेलायतस्थित एक अधिकार समूहले बिहीबार फुटबल विश्वकपका क्रममा हजारौँ विदेशी कामदार भर्ती गर्दै कतारका होटलहरुमा रंगभेद, अत्यधिक श्रम र श्रमिक अधिकारको प्रत्याभूत गर्न आग्रह गरेको छ।

नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म (चार हप्ता) को खेल प्रतियोगिताको क्रममा कतारले एक लाखभन्दा बढी आगन्तुकहरूको आशा गरेको छ। यसमा कुनै प्रकारको सेवा सुविधाको कमी नहोस भनी कतारले ठूलो सङ्ख्यामा अस्थायी जनशक्ति भर्ती गरेको छ। 

श्रम अधिकार अभियान संस्था इक्विडेमका अनुसार तेलका लागि धनी खाडी राष्ट्रमा प्रतियोगिता पहिले नै कामदारहरूको ‘गम्भीर श्रम शोषण र मानव अधिकारको हनन’ गरिएको समाचारहरू बाहिरिएका छन्। 

कतारले विश्वकपका लागि गरेको संरचना निर्माणमा समेत प्रवासी मजदूरको अवस्थाप्रति पटक–पटक आलोचना खेप्दै आएको छ।

यद्यपि कतारले हालैका वर्षहरूमा ठूलो सुधार गरेका जनाउँदै आएको छ। श्रम ठगीलाई दुरूत्साहन गर्न न्यूनतम पारिश्रमिक निर्धारण गर्ने र धेरै विवादास्पद प्रणालीलाई खारेज गर्नेजस्ता काममा सुधार गरिएको कतारले जनाएको छ। श्रमिकले रोजगार परिवर्तन गर्दा वा घर फर्किँदासमेत काम गरिराखेको कम्पनी वा फर्मको मालिकको अनुमति लिनुपर्ने भएकोले श्रमिकहरूको श्रम अधिकारको हनन हुने गरेको स्वीकार्दै यसलाई सुधारेको जनाएको छ।

विश्व फुटबलको नियामक निकाय (फिफा) ले यसै हप्ता कतारसँग ‘सहभागी टिमहरू आयोजना गर्ने सबै सहित जम्मा १५९ होटलहरूमा श्रमिकको अधिकार र हितको संरक्षण गर्न आवश्यक प्रक्रिया’ लागू गरेको पुष्टि गरेको छ।

इक्विडेमले बताएअनुसार बङ्गलादेशलगायत मुलुकका होटल श्रमिकहरूले आफ्ना अनुसन्धानकर्ताहरूसँग आफूले उही कामको लागि अरब राज्यका मानिसहरूको तुलनामा निकै कम ज्याला पाउने गरेको बताएका थिए।

केन्याका सुरक्षा गार्डहरूले अन्य मुलुकको कामदारको तुलनामा आफूहरूले अत्यधिक गर्मी (तातो) मा काम गर्न दबाब दिएको दाबी गरेको अधिकार समूहले बताएको छ।

इक्विडेमका अनुसार केही कर्मचारीहरूले आफू ‘रोबोटजस्तै’ बिना तलब अत्यधिक समय काम गर्न बाध्य भएको र कोरोनाभाइरस महामारीको दौडान छुट्टिँदा धेरैले ज्याला र क्षतिपूर्ति प्राप्त नगरेको बताएका थिए। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठनले २० वटा ठूला होटलले गुनासो समाधानका लागि कामदार व्यवस्थापन समिति गठन गरेको तर त्योभन्दा बढी सुधार आवश्यक भएको बताएको छ।


प्रकाशित : बिहीबार , साउन १२ २०७९१२:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend