शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नाडाले भन्सारका महानिर्देशकलाई भन्यो - भन्सार सहजीकरण गरिदेऊ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज १३ २०७८
नाडाले भन्सारका महानिर्देशकलाई भन्यो - भन्सार सहजीकरण गरिदेऊ

भन्सारका महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउनु हुँदै व्यवसायीहरुका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताएका हुन्। 

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको टोलीले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटी भन्सार सहजीकरणका लागि अनुरोध गरेको छ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइल क्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउने क्षेत्र भएको बताए। 

भन्सारका महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउनु हुँदै व्यवसायीहरुका लागि अनलाइन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताएका हुन्। 

सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अब ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउनु हुँदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको उल्लेख छ। 

छलफलको क्रममा दुलालले नाडा र भन्सार विभागबीच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढ्ने विषयमा लिखित समझदारी भइसकेको जानकारी गराए। 

नाडा महासचिव सुनिल रिजालले एचएस कोड परिर्वन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको वर्गीकरणमा स्पष्टता हुनु पर्ने बताए। त्यसैगरी नाडा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एलसी खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराए।

सो छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेत सहभागी थिए।                                                                                                                                                          
                                                                   


प्रकाशित : बुधबार, असोज १३ २०७८१४:१८
  • सम्बन्धित विषय:

  • # नाडा
  • # भन्सार
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend