शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

एक वर्षमै भित्रियो १ अर्ब ६३ करोडका केरा

सोमबार, साउन ९ २०७९
एक वर्षमै भित्रियो १ अर्ब ६३ करोडका केरा

काठमाडौं- नेपालले आर्थिक वर्ष २०७९/०८९ मा १ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको केरा आयात गरेको छ। नेपालले कुल ६ करोड ६२ लाख १ हजार २ सय ३० केजी केरा आयात गरेको छ। जसमा भारtबाट मात्रै नेपालले ६ करोड ६२ करोड १ सय १० केजी केरा आयात गरको छ। 

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा भारत र इन्डोनेसियाबाट केरा आयात गरेको हो। इन्डोनेसियाबाट भने नेपालले १ हजार १ सय २० केजी केरा आयात गरेको हो। 

तर नेपाली केराले बजार नपाउँदा केरा खेती गर्दै आएका किसान भने चिन्तित छन्। नेपालमा उत्पादन भएको केराले बजार पाएको अवस्थामा आयात घट्ने व्यवसायीको भनाइ छ। साथै नेपाली केराले बजार पाउनका लागि केरामा लगाउँदै आएको भन्सार शुल्क बढाउनु पर्ने व्यवसायीको भनाइ छ। 


प्रकाशित : सोमबार, साउन ९ २०७९०८:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend