बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काठमाडौं-तराई द्रुतमार्गबारे सेनाले भन्यो - खोकनाको जग्गा विवाद नसकिएसम्म ७ किलोमिटरको ठेक्का लाग्न सक्दैन 

सोमबार, साउन ९ २०७९
काठमाडौं-तराई द्रुतमार्गबारे सेनाले भन्यो - खोकनाको जग्गा विवाद नसकिएसम्म ७ किलोमिटरको ठेक्का लाग्न सक्दैन 

काठमाडौं- काठमाडौं-तराई द्रुतमार्ग आयोजना अन्तर्गतको खोकनामा जग्गा विवाद कायमै रहेका कारण कुनै प्रगति हुन सकेको छैन। यो खोकना फास्टट्रयाकको काठमाडौंतर्फको जिरो किलोमिटर हो।

जग्गा विवाद समाधान नहुँदासम्म यो प्याकेजमा ठेक्का लाग्न नसक्ने नेपाली सेनाले जनाएको छ। सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले गरेको छलफलमा नेलाली सेनाले यस्तो बताएको हो। खोकना प्याकेज ११ मा ७ किलोमिटर बाटो पर्छ।

सेनालाई यो आयोजना हस्तान्तरण गर्दा खोकनामा जिरो किलोमिटर हुँदैन भनिएको थियो तर अहिले खोकना नै जिरो किलोमिटर हुने भनिएको आयोजना प्रमुख तथा नेपाली सेनाका सहायक रथी विकास पोख्रेलले बताए।

'विगतमा हामीलाई आयोजना हस्तान्तरण गर्दा खोकना जिरो किलोमिटर हुँदैन भनिएको थियो। अहिले सहरी विकास मन्त्रालयले खोकनामा बाहिरी चक्रपथ नपुग्ने भएकाले खोकना नै जिरो किलोमिटर हुने देखिएको छ,' पोख्रेलले भने, 'खोकनाको जग्गा विवाद नसकिएसम्म ७ किलोमिटरको ठेक्का लाग्न सम्भव छैन।'

गत आर्थिक वर्षमा यो आयोजनाका लागि ८ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा आव सकिँदा ८ अर्ब ८३ करोड खर्च भएको छ। यो भनेको आयोजनाले ९९ प्रतिशत प्रगति हासिल गरेको आयोजना प्रमुख पोख्रेलले बताए। 

हालसम्म फास्टट्रयाकको कुल प्रगति २१.१८ प्रतिशत प्रगति भएको छ। गत आर्थिक वर्षमा आयोजनाको प्रगति ५ प्रतिशत भएको आयोजनाको भनाइ छ।

७२.५ किमि फास्टट्रयाक ११ वाट प्याकेजमा काम विभाजन गरेको काम भइरहेको छ। १ र २ नम्बर प्याकेजमा सुरूङ धेरै पर्छ। यो क्रमिक रूपमा बनाउन सुरू भएको छ। ३, ४, ५, ६ लगायत प्याकेजमा पनि काम हुने क्रममा रहेको आयोजना प्रमुख पोख्रेलले बताए।

प्याकेज ८ को डकुमेन्ट बनाउने काम हुँदैछ। ९ र १० पनि काम सुरू हुनेछ। ११ नम्बर प्याकेज खोकना पर्छ, यसको भने जग्गा विवाद कायमै छ। ०७९/८० मा ३० अर्ब ७ करोज बजेट विनियोजन भएको छ। चालु आवमा आयोजनाको धेरै लाम हुने सेनाले जनाएको छ।


प्रकाशित : सोमबार, साउन ९ २०७९०६:१०
  • सम्बन्धित विषय:

  • # फास्ट ट्रयाकमा बियाँलो


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend