बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पोखरामा एटीएम मेसिन फोरेर १५ लाख चोरी

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन ५ २०७९
पोखरामा एटीएम मेसिन फोरेर १५ लाख चोरी

पोखरा- पोखरा महानगरपालिका-२६ अर्घोचोकमा रहेको एनएमबी बैंकको एटीएम मेसिन फोडेर गएराति १५ लाख रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले घटनाको अनुसन्धान भइरहेको र चोरी गर्नेको खोजतलास तीव्र बनाइएको जानकारी दिए। उनले हालसम्म घटनामा संलग्न भएको अभियोगमा कसैलाई पनि पक्राउ नगरिएको बताए।

चोरले मेसिन फोडेर नगद लिएपछि पैसा राखिएको बाकस अर्घौंचोकस्थित विचारी चौतारीमा फालेको थियो। बैंकले अघिल्लो दिन एटीएममा १७ लाख राखेकामा दुई लाख रुपैयाँ ग्राहकले निकालेको र बाँकी पैसा चोरी भएको बताइन्छ।

पोखरामा केही दिनयता बैंकको एटीएम मेसिन फोरेर रकम चोरी गर्ने घटना बढेका छन् । गत असार ३१ गते राति पोखरा–९ न्यूरोडस्थित महानगरपालिका कार्यालय अगाडि रहेको एनआइसी एशिया बैंकको एटीएम मेसिन फोर्ने एक जनालाई प्रहरीले घटना भएको दुई दिनपछि पक्राउ गरेको थियो। रासस


प्रकाशित : बिहीबार , साउन ५ २०७९१४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend