बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सरकारको प्रक्षेपणलाई एडीबीको समर्थन : आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत

नेपालमा कसिलो मौद्रिक नीति आउने र मुलुकले युक्रेन युद्धका कारण सिर्जित भूराजनीतिक र आर्थिक जोखिमको सामना गरिरहनुपर्ने एडिबीको आँकलन

बिहीबार , साउन ५ २०७९
सरकारको प्रक्षेपणलाई एडीबीको समर्थन : आर्थिक वृद्धि ५ दशमलव ८ प्रतिशत

काठमाडौं- गत आर्थिक वर्ष ०७८/७९ मा ५ दशमलव ८४ प्रतिशत आर्थिक वृद्धि भएको केन्द्रीय तथ्यांक विभागको प्रक्षेपणलाई एशियाली विकास बैंक (एडीबी)ले पनि समर्थन गरेको छ।

एडीबीले बिहीबार एसियन डिभलपमेन्ट आउटलुक २०२२ को परिशिष्ट प्रकाशित गर्दै सरकारले आधिकारिक रुपमा भनेजस्तै नेपालमा ५ दशमलव ८४ प्रतिशतको आर्थिक वृद्धि भएको बताएको हो। यसअघि गत अप्रिलमा प्रकाशित एसियन डिभलपमेन्ट आउटलुकले नेपालमा ३ दशमलव ९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो।

‘खासगरी नेपालमा कोभिडविरुद्धको खोप अभियान प्रभावकारी भएकाले आर्थिक गतिविधिहरु सामान्य अवस्थामा फर्किएको र सरकारको आर्थिक नीतिका कारण उच्च आर्थिक वृद्धि देखिएको छ,’ एडीबीले भनेको छ । यति हुँदाहुँदै पनि नेपालमा मौद्रिक नीति कसिलो किसिमकै आउने र मुलुकले युक्रेन युद्धका कारण सिर्जित भूराजनीतिक र आर्थिक जोखिमको सामना गरिरहनुपर्ने आँकलन एडीबीले गरेको छ।

चालू आर्थिक वर्षको लागि एडीबीले गरेको आर्थिक वृद्धिको प्रक्षेपणलाई भने ५ प्रतिशतमा कायमै राखेको छ। चालू आर्थिक वर्षमा मनसुन सामान्य हुने, कृषिमा मल तथा बिउकोे समयमै उपलब्धता हुने तथा संघीय तथा प्रादेशिक चुनाव सहज रुपमा हुने अपेक्षा गरिएको एडीबीले जनाएको छ।


प्रकाशित : बिहीबार , साउन ५ २०७९०१:३८
  • सम्बन्धित विषय:

  • # ADB
  • # nepal
  • # economic growth
  • # inflation


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend