बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नौलो शैलीमा खुल्यो लुम्बिनी प्यालेस रिसोर्ट : ३ अर्ब लगानी, पोन्ड भिल्ला र सिलौटो किचन

बिहीबार , असोज १४ २०७८
नौलो शैलीमा खुल्यो लुम्बिनी प्यालेस रिसोर्ट : ३ अर्ब लगानी, पोन्ड भिल्ला र सिलौटो किचन

रुपन्देहीको छपियामाम लुम्बिनी प्यालेस रिसोर्ट सञ्चालनमा आएको हो। 

बुटवल- गेटबाट प्रवेश गर्नेवित्तिकै भवनभन्दा विशाल ताल देखिन्छ। गेटसँगै रहेका भवनभन्दा पहिलो नजर नै तालमा जाने। तालमाथि नजर जानुको मुख्य कारण त्यही माथि बनेका भिल्लाहरु। 

तालको माथि बनेका भिल्ला, सफा ताल, तालको वरिपरि हिँड्ने ट्रेल। कुनै पर्यटकीय सार्वजनिक स्थानको झल्को आउने दृश्य हो रुपन्देहीको सियारीमा खुलेको नयाँ रिसोर्टको। 

युवा व्यवसायी अर्जुन भुसालले सञ्चालनमा ल्याएको लुम्बिनी प्यालेस रिसोर्टको दृश्य मात्र होइन यो क्षेत्रकै नयाँ पूर्वाधार हो। भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आउनै लाग्दा ठूलो लगानीमा होटल रिसोर्टहरु खुलिरहेका छन्। तर यो रिसोर्ट भने अरुभन्दा फरक छ। रिसोर्टको बनावटमात्र होइन यसको सञ्चालन तथा खानपिन पनि अरुभन्दा भिन्न छ। 

२६ बिगाह क्षेत्रफलमा फैलिएको यो रिसोर्टको पहिलो चरण काम सम्पन्न भइसकेको छ। कूल ३ अर्ब लगानी हुने यो रिसोर्टमा अहिलेसम्म १ अर्ब ५० करोड रुपैयाँ खर्च भइसकेको सञ्चालक अर्जुन भुसालले जानकारी दिए। 

lpalce.jpg

सामून्द्रिक अनुभव दिनेगरी रिसोर्टको डिजाइन गरिएको उनले जानकारी दिए। 'समुन्द्रको कल्पना गरेर बनाइएको हो। माल्दिभ्समा त्यस्तै रिसोर्टहरु छन्। त्यही शैलीमा यहाँ हामीले बनाउन खोजेका हौँ। पानीमाथि भिल्ला बनाएर तिनै भिल्लामा अथिति राख्ने योजना हो' भुसालले भने। 

ताल बाहिरका भवनहरुमा ब्यांकेट, रेष्टुरेन्ट लगयातका अरु संरचना धेरै हुने छन्। तालमाथि भिल्ला बनाएर कोठाहरु त्यहीँ हुने छन्। अहिले यसमा २६ वटा कोठा तयार भइसकेका छन्। तालमाथि रहेका भिल्लामा पुग्नका लागि डुंगाको प्रयोग हुने छ। रिसोर्टमा एक सय कोठा बनाउने लक्ष्य भुसालको छ। 

रिसोर्ट परिसरमा प्यालेस पनि बन्ने छ। जहाँ गौतमबुद्धसम्बन्धि जानकारीहरु संग्रहित हुने छन्। लुम्बिनी क्षेत्रको दृष्यावलोकनका लागि भ्यू टावर निर्माण हुने भुसालले जानकारी दिए। अहिले प्रि-लन्च गरेर सुरु गरिएकाे र अव १ सय रुम सहित सञ्चालनमा आउने समेत भुसालले बताए।

lapalace1.jpg

३ वर्ष अगाडि निर्माण सुरु भएको रिसोर्टको औपचारिक उद्घाटन भने भएको छैन। अबको एक हप्तापछि बार सञ्चालनमा आउने छ। 

थरीथरीका परिकार पाइने छुट्टै किचेनसहितका रेष्टुरेन्ट हुने रिसोर्टमा अहिले दुईवटा किचन मात्रै सञ्चालनमा आएका छन्। अहिले सिलौटो किचन (नेपाली) र साधारण किचन सञ्चालनमा आएको छ। कफीसप, भ्यूटप रेष्टुरेन्ट, राउन्ड कटेज सञ्चालनमा आइसकेका छन्। निकट भविष्यमा क्यासिनाे पनि सञ्चालनकाे तयारी गरिएकाे छ। यता स्विमिङपुल पनि तयारी अवस्थामा रहेकाे भुसालले जानकारी दिए।

lpalace.jpg

तालको छेउ एकैपटक २ सय जना बस्ने मिल्नेगरी डिजाइन गरिएको रिसोर्टमा गार्डेन पनि हुने छ। ४ बिगाह क्षेत्रफलको ताल भएको रिसोर्टमा २ बिगाह क्षेत्रफलमा गार्डेन हुने छ। 

यो रिसोर्टमा खपत हुने माछा,मासु, दूध, चामल, तरकारी त्यही भित्र उत्पादन हुने छ। 'तरकारी आफ्नै बारीमा उत्पादन गर्छौँ। माछा मासु दूध र दाल चामलसमेत आफ्नै उत्पादन हुने छ। भिल्लामा बस्ने अथितिले त्यहीँबाट माछा मार्ने सुविधा पनि पाउनेछन्' भुसालले भने। 

lumbinipalace2.jpglumbinipalace3.jpg


प्रकाशित : बिहीबार , असोज १४ २०७८०६:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend