शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २ २०७९
देशभर ६० प्रतिशत रोपाइँ सम्पन्न

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ।

गत वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकामा यसवर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए। 

रोपाइँको तथ्याङ्क प्रदेशसँगको समन्वयमा तयार गरिएकोे हो। गत वर्षको तुलनामा करिब आठ प्रतिशतको हाराहारीमा कम रोपाइँ भएको देखिएको छ । विशेषगरी प्रदेश नं १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन सुरु हुन ढिला भएका कारण रोपाइँ कम भएको हो।

मनसुन सुरु हुनासाथ यही साउन दोस्रो सातासम्म सामान्य हिसाबले ती प्रदेशमा रोपाइँ हुने मन्त्रालयले जनाएको छ। रोपाइँमा मलको अभाव भएकाले उत्पादनमा त्यसको केही असर पर्ने देखिएको छ। हालसम्म मन्त्रालयले विगत वर्षमा जस्तै लगभग शतप्रतिशत रोपाइँ हुने अनुमान गरेको छ। रासस


प्रकाशित : सोमबार, साउन २ २०७९१०:४५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend