बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एटीएम मेसिन फोर्न खोज्ने एकजना पक्राउ  

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २ २०७९
एटीएम मेसिन फोर्न खोज्ने एकजना पक्राउ  

कास्की- पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटीएम मेसिन फोर्न खोजेको अभियोगमा एकजना पक्राउ परेका छन्। 

पोखरा महानगरपालिका-९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले एटीएम मेसिन फोर्न खोजेको पाइएपछि पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रकाशित : सोमबार, साउन २ २०७९०७:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend