बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सिमेन्टपछि डण्डी पनि निर्यात हुँदै, श्री स्टिलले यसैसाता चार ट्रक डण्डी भारत पठाउँदै

सोमबार, साउन २ २०७९
सिमेन्टपछि डण्डी पनि निर्यात हुँदै, श्री स्टिलले यसैसाता चार ट्रक डण्डी भारत पठाउँदै

गुणस्तर प्रमाणपत्र पाएसँगै श्री स्टिलले पहिलो पटक चार ट्रक स्टिल भारत निर्यात गर्न लागेको हो।  स्रोतका अनुसार श्री स्टिलले यसैसाता स्टिल भारत निर्यात गर्न लागेको हो।

काठमाडौं- नेपालबाट पहिलो पटक भारततर्फ स्टिल पनि निर्यात हुने भएको छ। श्री स्टिलले पहिलो पटक भारतमा स्टिल निर्यात गर्न लागेको हो। श्री स्टिलले भारतमा निर्यातका लागि भारतीय गुणस्तर चिह्नसमेत पाइसेको छ।

गुणस्तर प्रमाणपत्र पाएसँगै श्री स्टिलले पहिलो पटक चार ट्रक स्टिल भारत निर्यात गर्न लागेको हो।  स्रोतका अनुसार श्री स्टिलले यसैसाता स्टिल भारत निर्यात गर्न लागेको हो।

यसअघि केही दिन अगाडि तानसेन सिमेन्ट (पाल्पा सिमेन्ट उद्योग)ले ३ हजार बोरा सिमेन्ट भारत निर्यात गरेको थियो। कम्पनीले परीक्षणका लागि पहिलो पटक भैरहवा नाकाबाट सिमेन्ट निर्यात गरेको थियो। अन्य उद्योगहरुले पनि सिमेन्ट निर्यातका लागि भारतीय गुणस्तर चिह्न लिने प्रक्रिया अन्तिम चरणमा पुर्‍याएका छन्। 

योसँगै नेपालबाट पहिलो पटक स्टिल पनि निर्यात हुने गरेको छ। सरकारले जेठ १५ गते चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमा सिमेन्ट तथा स्टिल निर्यात गर्दा ८ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको थियो।

यसका लागि अर्थ मन्त्रालयले निर्यात कार्यविधि समेत बनाइरहेको छ। व्यवसायीहरुले निर्यात कार्याविधि बन्दै गरेको अवस्था पनि निर्यात भने सुरु गरेका हुन्।

सिमेन्टमा नेपाल आत्मनिर्भर भइसकेको छ भने डण्डीमा पनि नेपाल आत्मनिर्भर हुने चरणमा छ। नेपालमा अहिले स्पञ्ज आइरन ल्याउँदे डण्डी उत्पादन गर्ने उद्योग आधा दर्जनभन्दा बढी छन्। अहिले स्पञ्ज आइरन ल्याउँदै डण्डी उत्पादनका लागि केही नयाँ उद्योग समेत दर्ता भएको छ।

केही समय अगाडि मात्रै साढे ५ अर्ब रुपैयाँको लगानीमा प्राइम स्टिल उद्योग दर्ता भइसेको छ। यसैगरी मंसिरमै नेपालमा स्पञ्ज आइरन आयात गर्दै डण्डी उत्पादनका लागि लक्ष्मी ग्रुपले समेत उद्योग दर्ता गराएको थियो। लक्ष्मी ग्रुपले २ अर्ब ६७ करोडको लगानीमा सिद्धिलक्ष्मी स्टिल उद्योग दर्ता गराएको थियो। चालु आर्थिक वर्षमा आधा दर्जन डण्डी उद्योग दर्ता भएको छन्।

आर्थिक २०७८०/७९ को प्रतिस्थापन आर्थिक अध्यादेशबाट सरकारले विदेशबाट आयात हुने स्टिल बिलेटमा अन्तःशुल्क बढाएर स्वदेशमै बिलेट बनाउने उद्योगीलाई प्रोत्साहन हुनेगरि अन्तःशुल्क ऐनमा संशोधन गरेको थियो। अहिले आर्थिक वर्ष २०७९/०८० को बजेटमा मार्फत स्टिल निर्यातमा प्रोत्साहन दिने नीति लिएको थियो।


प्रकाशित : सोमबार, साउन २ २०७९०१:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend