बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शक्तिशाली विद्युतीय मोटरसाइकलसहित ओवेन ब्रान्ड नेपाल भित्रियो

इ-मोटोले ओवेन रोर ल्याउने, नाडा अटो शोमा राखिने

बिहीबार , असार ३० २०७९
शक्तिशाली विद्युतीय मोटरसाइकलसहित ओवेन ब्रान्ड नेपाल भित्रियो

ओवेन दुई पांग्रे विद्युतीय सवारी उत्पादन गर्ने भारतीय स्टार्टअप कम्पनी हो। २०२० मा स्थापना भएको ओवेन भारतको बैंलोरमा रहेको रहेको छ। 

काठमाडौं- विद्युतीय सवारी प्रति उपभोक्ताको आकर्षण बढ्दै गइरहेको छ। नेपाली बजारमा दर्जनौं ब्रान्डका विद्युतीय दुईपांग्रे सवारी भित्रिएका छन्। तर शक्तिशाली स्पोर्टस लुक्समा भने विद्युतीय मोटरसाइकल आएको थिएन। 

अब भने स्पोर्टी लुक्ससहित शक्तिशली विद्युतीय मोटरसाइकल नेपाल आउने निश्चित भएको छ। गोल्छा अर्गनाइजेसन अन्तर्गतको इ-मोटोले भारतीय ब्रान्ड ओवेनले उत्पादन गरेका मोटरसाइकल नेपाली बजारमा आउने छन्। 

ओवेन दुई पांग्रे विद्युतीय सवारी उत्पादन गर्ने भारतीय स्टार्टअप कम्पनी हो। २०२० मा स्थापना भएको ओवेन भारतको बैंलोरमा रहेको रहेको छ। 

ओवेन इलेक्ट्रिक कम्पनी भारतमै डिजाइन तथा उत्पादन भएको विद्युतीय मोटरसाइकल उत्पादक कम्पनी हो। हाल कम्पनीले मोटरसाइकल मात्र उत्पादन सुरु गरेको छ भने अबको केही महिनाभित्रै स्कुटर तथा अन्य मोडलका मोटरसाइकल उत्पादन गर्ने जनाएको छ। 

४ महिना पहिले ओवेनले भारतमा पहिलो विद्युतीय मोटरसाइकल ‘रोर’ सार्वजनिक गरेको थियो। उक्त विद्युतीय मोटरसारइकल सार्वजनिक गर्दा सुरुवाती मूल्य ९९ हजार ९ सय ९९ भारतीय रुपैयाँ तोकिएको थियो। 

रोर विद्युतीय मोटरसाइकलको उच्च गति १ सय किलोमिटर प्रतिघण्टा रहेको छ भने एक पटकको फुल चार्जमा २ सय किलोमिटर कुदाउन सकिने कम्पनीले जनाएको छ। यो विद्युतीय मोटरसाइकलको राम्रो पक्ष भनेको २ घण्टामै फुल चार्ज गर्न सकिन्छ।

ओवेनले बैंलोरमा रहेको आफ्नो उत्पादन प्लान्टबाट विद्युतीय मोटरसाइकल उत्पादन सुरु गरेको जनाएको छ। सो प्लान्टबाट वार्षिक ३ लाख मोटरसाइकल उत्पादन गर्ने क्षमता रहेको छ। 

oben logo.jpg

ओवेनले क्रमिक रुपमा आफ्नो बजार विस्तार गर्दै लागे जनाएको छ। कम्पनीले भारतकै दिल्ली, राजस्थान, गुजरात, महाराष्ट्र, तामिलनाडूलगायत राज्यमा आफ्नो उत्पादन विस्तार गर्दै लाने बताएको छ। त्यस्तै ओवेनले नेपाली बजारमा समेत आफ्नो विद्युतीय मोटरसाइकल तथा अबको केही महिनामा उत्पादन हुने स्कुटर उपलब्ध गराउने भएको छ।

नेपालमा ओवेनको विद्युतीय मोटरसाइकल तथा स्कुटर गोल्छा अर्गनाइजेसन अन्तर्गतको इ-मोटोले ल्याउने गरि केही समयअघि सम्झौता भएको थियो। सुरुमा इ-मोटोले ओवेन रोर ल्याउने छ भने केही समयपछि स्कुटर तथा कम्युटर मोटरसाइकल ल्याउने जनाएको छ।

गोल्छा अर्गनाजेसन अन्तर्गतको जीओ फोर्डले फोर्डका कार बिक्री गर्दै आएको छ। त्यस्तै यही अर्गनाइजेसन अन्तर्गतका अन्य कम्पनीहरुले पनि सवारीसाधन आधिकाकिर रुपमा आयात गरि बिक्री गर्दै आएको छ। 

ओवेन रोरको मुख्य विशेषता 

रेन्ज- २०० किलोमिटर 

चार्जिङ समय- २ घण्टा 

मोटर टाइप- आईपीएमएसएम मोटर

मोटर पावर- १० किलोवाट

ब्याट्री- अल्मुनियम डाइ-कास्ट कासिङ

ब्याट्री क्षमता- ४.४ किलोवाट आवर 


प्रकाशित : बिहीबार , असार ३० २०७९११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend