शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

एक्साइडको डिलर मिट 

बुधबार, असार २९ २०७९
एक्साइडको डिलर मिट 

उक्त कार्यक्रममा १ भन्दा बढी डिलर, सिप्रदी ट्रेडिङका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

काठमाडौं- नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले हालैमात्र डिलर मिट गरेको छ। कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु छन्। 

उक्त कार्यक्रममा १ भन्दा बढी डिलर, सिप्रदी ट्रेडिङका प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा विभिन्न विधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो। 

सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्दै कम्पनीका सीईओ राजनबाबु श्रेष्ठले नेपाली बजारमा  निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको वितरकहरुले कम्पनीलाई गरेको विश्वास नै रहेको बताए। 

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पांग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ। व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर वृहत सेल्स तथा सर्भिस टिम रहेको छ।


प्रकाशित : बुधबार, असार २९ २०७९११:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend