बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

ठमेलको रमडा इन्कोर होटलले पायो चारतारे वर्गीकरण 

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २७ २०७९
ठमेलको रमडा इन्कोर होटलले पायो चारतारे वर्गीकरण 

विन्दम होटल एण्ड रिसोर्ट विश्वव्यापी चेन भएको अमेरिकी कम्पनी हो। यसले विश्वका विभिन्न ९० देशमा ९ हजार ३ सय होटल सञ्चालन गरिरहेको छ।

काठमाडौं- काठमाडौंको ठमेलमा सञ्चालित  रमडा इन्कोर होटलले चार तारे वर्गीकरण पाएको छ। 

पर्यटन विभागले होटल रमडा इन्कोरलाई चारतारेको लाइसेन्स दिएको छ। ठमेल प्लाजा होटल एण्ड स्विट्स प्रालिले सञ्चालन गरेको यो होटलले चारतारेको लाइसेन्स पाएको हो। 

यो होटलको व्यवस्था रमडाले सञ्चालन गरिरहेको छ। 

ramada2.jpg

विन्दम होटल एण्ड रिसोर्ट विश्वव्यापी चेन भएको अमेरिकी कम्पनी हो। यसले विश्वका विभिन्न ९० देशमा ९ हजार ३ सय होटल सञ्चालन गरिरहेको छ।

यो कम्पनीले नेपालमा भने पहिलोपटक सेवा सञ्चालन गरेको घोषणा गरेको छ। नेपालसँगै भुटानमा पनि प्रवेश गरेको कम्पनीले विभिन्न वर्गका छुट्टै ब्रान्डमा होटल सञ्चालन गर्छ। नेपालमा भने रमडा ब्रान्ड प्रवेश गरेको हो। विन्डमको यो मध्यमवर्गीय ब्रान्ड हो।

ramad222.jpg

काठमाडौंको ठमेलमा रहेको यो होटल फ्रेन्चाइजी हो। यसमा ९० कोठा छन्। जसमा डिलक्स, सुपर डिलक्स, स्टुडियो, इन्टर कनेक्टिङ र फरक क्षमताका व्यक्तीमैत्री कोठा रहेका छन्।

ramda11.jpg

२ रेष्टुरेन्ट भएको होटलमा हल, स्पा जस्ता सुविधाहरू रहेका छन्।

योसँगै नेपालमा चारतारे होटलको संख्या २८ पुगेको छ। विभागले सुविधा र पूर्वाधार अनुसार वर्गीकरण दिँदै आएको छ। विभागले होटल तथा रिसोर्टलाई नौ तहमा वर्गीकरण गर्दै आएको छ। 

ramda22.jpg


प्रकाशित : सोमबार, असार २७ २०७९०९:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend