बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

राजस्व नबुझाएका मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार २६ २०७९
राजस्व नबुझाएका मकवानपुरका पाँच क्रसर उद्योगमा तालाबन्दी

बागमती- पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ।

लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले तालाबन्दी गरिएको मकवानपुरगढी गाउँपालिकाले जनाएको छ। सो गाउँपालिकाका  विभिन्न स्थानमा सञ्चालित क्रसर उद्योगमा गाउँपालिका उपाध्यक्ष मनकुमारी नेपालीको नेतृत्वमा गएको टोलीले तालाबन्दी गरेको बताइएको छ।
 
ती उद्योगले गाउँपालिकालाई १ करोड ५४ लाख राजस्व दाखिला गर्नुपर्ने भएको तर दाखिला नगरेकाले तालाबन्दी गर्नुपरेको उपाध्यक्ष नेपालीले जानकारी दिइन्। मकवानपुरगढी गाउँपालिका–५ स्थित साइबाबा क्रसर उद्योगले २८ लाख, आधुनिक क्रसर उद्योगले २३ र आमभञ्ज्याङ एग्रिगेरले २८ लाख तिर्न बाँकी छ।

त्यस्तै मकवानपुरगढी–२ स्थित नमूना बालुवा उद्योगले ३० लाख तथा मकवानपुरगढी वडा नं ६ मा रहेको सामरी खोला बालुवा उद्योगले ४५ लाख राजस्व भुक्तानी गर्न बाँकी रहेको बताइएको छ। ती उद्योगले असार १५ गतेसम्म भुक्तानी गर्ने लिखित सहमति गरे पनि त्यसको पालना नभएपछि बाध्य भएर तालाबन्दी गरिएको गाउँपालिका आर्थिक विकास समितिका संयोजक रहेका सो गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बजगाईंले बताए। रासस


प्रकाशित : आइतबार, असार २६ २०७९१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend