बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

उद्योगमा सबैभन्दा लाभदायक खनिजजन्य 

शुक्रबार, असार २४ २०७९
उद्योगमा सबैभन्दा लाभदायक खनिजजन्य 

उद्योगमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगको मूल्यअभिवृद्धि हुने गरेको छ। 

काठमाडौं- नेपालको औद्योगिक क्षेत्रमा सबैभन्दा धेरै लाभदायक क्षेत्र खनिजजन्य रहेको पाइएको छ। केन्द्रीय तथ्यांकले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ को तथ्यांकअनुसार खनिजजन्य उद्योग किफायति देखिएका छन्। 

कुनै पनि वस्तुको उत्पादनमा लागतको हिस्साको अनुपात न्यून खनिजमा देखिएको छ। 

सर्वेक्षणको नतिजाअनुसार खनिज क्षेत्रमा कूल उत्पादनमा लागतको हिस्सा २७ प्रतिशत रहेको छ। अर्थात् २७ रुपैयाँ लगानी गर्दा सय रुपैयाँको वस्तु उत्पादन हुने देखिएको छ। 

cbsid1.jpg

सर्वेक्षणमा चारवटा उद्योगका वर्गीकरण समेटिएका छन्। उत्पादनमूलक, खनिज, ग्यास बिजुली र पानी आपूर्ति, फोहर व्यवस्थापन रहेका छन्। 

सय रुपैयाँको उत्पादनका लागि धेरै लागत लाग्ने क्षेत्र भने उत्पादनमूलक उद्योग छ। उत्पादनमूलक उद्योगमा ७२ रुपैयाँ लगानी आवश्यक पर्छ। बिजुली उत्पादनमा ६८ र पानी आपूर्तिमा ५४ रुपैयाँको लागत छ। 

सर्वेक्षणअनुसार ६० हजार १८५ उद्योग प्रतिष्ठान छन्। यसमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३५६ वटा, औद्योगिक उत्पादन क्षेत्रमा ५६ हजार ६११ वटा,  विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा ९९४ वटा र पानीको आपूर्ति; ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा २ हजार २२४ वटा उद्योग प्रतिष्ठानहरू रहेका छन्।

cbsid.png

सर्वेक्षणको नतिजाअनुसार औद्योगिक क्षेत्रका चारवटै प्रकारका औद्योगिक प्रतिष्ठानहरूमा संलग्न रहेका व्यक्तिहरूको संख्या ४ लाख ९१ हजार २२७  छन्। यसमा खानी तथा उत्खनन क्षेत्रमा ६ हजार ४८५ जना, औद्योगिक उत्पादन क्षेत्रमा ४ लाख ४४ हजार ९६६, विद्युत्, ग्यास, बाफ तथा वातानुकूलित सेवा क्षेत्रमा २१ हजार ५९३ जना र पानीको आपूर्ति, ढलनिकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरूको क्षेत्रमा १८ हजार १८५ जनाले रोजगारी पाएका छन्। 

यस्ता उद्योगले बर्सेनि कर्मचारीको तलब भत्ता तथा अन्य सुविधामा १ खर्ब ७ अर्ब ८९ करोड भुक्तानी गर्दै आएका छन्। यसमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगले गर्छन्। यो क्षेत्रबाट वर्षमा ९५ अर्ब ७७ करोड भुक्तानी हुन्छ। 

नेपालका उद्योगहरूले बर्सेनि मूल्यअभिवृद्धि प्रतिशत भने ४१ प्रतिशत रहेको छ। लागतको ४१ प्रतिशत मूल्यअभिवृद्धि गर्दै आएका छन्। सर्वेक्षणको वर्ष उद्योगहरूले ८ खर्ब ४६ अर्ब लगानी गरेर १२ खर्ब १ अर्बको उत्पादन गरेका थिए। उद्योग क्षेत्रबाट सो वर्ष ३ खर्ब ५० अर्बको मूल्यअभिवृद्धि भएको थियो। 

cbsid2.jpg

उद्योगमा सबैभन्दा धेरै उत्पादनमूलक उद्योगको मूल्यअभिवृद्धि हुने गरेको छ। 

उद्योगहरूमा नेपालमा सबैभन्दा धेरै खाद्यान्न उद्योगको मूल्यअभिवृद्धि धेरै रहेको छ। सर्वेक्षणको तथ्यांकअनुसार सर्वेक्षण वर्ष खाद्यान्न उद्योगबाट ७१ अर्ब ९० करोडको मूल्यअभिवृद्धि भएको थियो। दोस्रोमा गैरधातुजन्य उत्पादन भएको थियो। 


प्रकाशित : शुक्रबार, असार २४ २०७९१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend