बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जापानी पूर्वप्रधानमन्त्री अवेको निधन

शुक्रबार, असार २४ २०७९
जापानी पूर्वप्रधानमन्त्री अवेको निधन

चुनावी सभामा भाषण गरिरहेका ६७ वर्षिय अवेलाई शुक्रबार बिहाना गोली हानिएको थियो। 

काठमाडौं- जापानका पूर्वप्रधानमन्त्री शिन्जो अवेको निधन भएको छ। चुनावी सभामा भाषण गरिरहेका ६७ वर्षिय अवेलाई शुक्रबार बिहाना गोली हानिएको थियो। 

जापानको नारामा सडकमै भाषण गरिरहेका उनलाई ४१ वर्षिय मानिसले होममेड बन्दुको सहायताले गाली प्राहार गरेका थिए। लगत्तै उनलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको स्वास्थ्यमा सुधार नदेखिएको र केही समयपछि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। 

अवे २००६ मा पहिलो पटक जापानका प्रधानमन्त्री बनेका थिए भने २०१२ मा पुनः प्रधानमन्त्री भएका थिए। 


प्रकाशित : शुक्रबार, असार २४ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend