बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल-चीन लगानी सम्मेलनका लागि सहयोग गर्न महासंघको आग्रह 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २३ २०७९
नेपाल-चीन लगानी सम्मेलनका लागि सहयोग गर्न महासंघको आग्रह 

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन्।

कार्यवाहक अध्यक्ष ढकाल र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच बिहीबार महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन्। 

'महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहाँ रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौँ' कार्यवाहक अध्यक्ष ढकालले भने।

महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन् १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मंच मार्फतबाट समेत दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा कुटनीतिक तवरबाट पनि सहयोग हुनुपर्नेमा उनको जोड थियो। 

सो अवसरमा राजदूत श्रेष्ठले महासंघसँगको भेटघाट उपलब्धिमूलक भएको बताए। उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाए। 

भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मंचका सहसभापति बिनोद बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य, महासंघका महानिर्देशक गोकर्ण राज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो।

 


प्रकाशित : बिहीबार , असार २३ २०७९१२:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend