बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार २१ २०७९
आलुको बोरामा ८३ लाख रुपैयाँ, दुईजना पक्राउ

धनुषा- धनुषामा आलुको बोरामा लुकाएर ल्याउँदै गरेको श्रोत नखुलेको झन्डै ८३ लाख ६४ हजारसहित मंगलबार दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकनन्दनी गाँउपालिका-५ उदाहका ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डल रहेका छन्।

उनीहरुलाई जनकनन्दनी–१ इनर्वा सीमाबाट नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक शम्भु कटुवालले जानकारी दिए।

प्रहरीले भारतबाट ज७प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा रकम बोकेर आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले बताए।

दुवैजनालाई आवश्यक कारबाहीका लागि रकमसहित जिल्ला भन्सार कार्यालय जनकपुरको जिम्मा लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, असार २१ २०७९१३:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend