शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

सुनको मूल्य घट्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज १२ २०७८
सुनको मूल्य घट्यो

सोमबार ८९ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ८९ हजार रुपैयाँ कायम भएको छ।

काठमाडौं- सुनको मूल्य घटेको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो। सोमबार ८९ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ८९ हजार रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। सोमबार ११ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ५ रुपैयाँले घटेर ११ सय ५५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज १२ २०७८०५:२६
  • सम्बन्धित विषय:

  • # सुनकाे मूल्य
  • # छापावाल सुन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend