बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अस्ट्रेलिया प्रवेश गर्दा कोभिडविरूद्धको खोप लगाएकै हुनुपर्ने प्रावधान हटाइयो  

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार २० २०७९
अस्ट्रेलिया प्रवेश गर्दा कोभिडविरूद्धको खोप लगाएकै हुनुपर्ने प्रावधान हटाइयो  

सिड्नी (रासस/सिन्ह्वा) - अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रवाधान अन्त्य गरिएको घोषणा गरेको छ। 

यहाँको गृहमामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका हुन्। बुधबारदेखि अस्ट्रेलिया आइपुगेका यात्रु खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन (डीपीडी) पूरा गर्नु पर्ने छैन।

यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेश गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ। ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, 'हामीमध्ये धेरै अन्तरराष्ट्रिय तवरमा यात्रा गर्दैछौं र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौँ। हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन्।' 

'यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छरितो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ।'

यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ। 

अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो। सोमबार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९को थप सङ्क्रमण भएको जनाएको थियो। विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको थियो। 


प्रकाशित : सोमबार, असार २० २०७९११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend