बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एपीएए नेपालको अध्यक्षमा अधिवक्ता सरोज दाहाल

शनिबार, असार १८ २०७९
एपीएए नेपालको अध्यक्षमा अधिवक्ता सरोज दाहाल

एपीएए नेपाल जापानमा सन् १९६९ मा स्थापना भएको एपीएएको नेपाल च्याप्टर हो। 

काठमाडौं- एसियन पेटेन्ट एटोर्निज एसोसिएसन (एपीएए नेपाल)को अध्यक्षमा अधिवक्ता सरोज दाहाल निर्विरोध निर्वाचित भएका छन्। असार १७ गते काठमाडौंमा भएको साधारण सभाले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।

नयाँ कार्यससमितिको उपाध्यक्षमा राधाकृष्ण पाठक, महासचिवमा सत्यनारायण पक्का, सचिवमा दामोदर तिम्सिना र कोषाध्यक्षमा रन्जु बस्नेत निर्वाचित भएका हुन्। कार्यसमिति सदस्यहरुमा सदन सत्याल, जयलाल भण्डारी, भगवान पोखरेल र सन्तोष तिवारी चयन भएका हुन्। 

एपीएए नेपाल जापानमा सन् १९६९ मा स्थापना भएको एपीएएको नेपाल च्याप्टर हो। 


प्रकाशित : शनिबार, असार १८ २०७९१३:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend