शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

'अख्तियारको निरीक्षक हुँ' भन्दै पैसा असुल्ने तीनजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १७ २०७९
'अख्तियारको निरीक्षक हुँ' भन्दै पैसा असुल्ने तीनजना पक्राउ

जलेश्वर- महोत्तरीको जलेश्वर नगरपालिका-१२ सीमा क्षेत्रमा नेपाल-भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जलेश्वर-१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन्। प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर-१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट ५ हजार ८ सय भारु बरामद गरेको छ। तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। रासस


प्रकाशित : शुक्रबार, असार १७ २०७९०५:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend