बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउँदा विकृति, प्रतिबन्ध हटाउने उपायहरू अवलम्बन गर्न सुझाव

बुधबार, असार १५ २०७९
घरेलु कामका लागि वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाउँदा विकृति, प्रतिबन्ध हटाउने उपायहरू अवलम्बन गर्न सुझाव

काठमाडौं- वैदेशिक रोजगारीमा जाने घरेलु कामदार (महिला)मा प्रतिबन्धले नै आप्रवासन विपतिको कृयाकलापहरूलाई वैधानिकता दिएको एक संस्थाको अध्ययनले देखाएको छ।

आप्रवासन प्रतिबन्धले धेरै नेपाली महिलाहरूलाई उनीहरूले नचाहँदा नचाहँदै एकै ठाउँमा खुम्च्याइदिने र सामाजिक-आर्थिक व्यवधानहरू झन् बढाएको अध्ययनले देखाएको हो। प्रतिबन्धकै कारण अनाधिकृत रुपमा वैदिशक रोगजारीमा जान परेको देखिएको छ।

आप्रवासन प्रतिबन्धले कैयौँ नागरिकहरूलाई सम्भावित रूपमा तस्करहरू को रूपमा कलंकित र अपराधीकरण गराए समेत अध्ययनले देखाएको छ।

अध्ययन गर्ने विभिन्न संस्थाले कठोर आप्रवासन नीतिका कारण महिला नेपाली नागरिकहरूमाथि आइपरेका दुष्परिणामहरूलाई सामाधान ४ वटा मुख्य सुझाव समेत दिएको छ।

 सुझावहरू

- नेपाल सरकारले कामदार लिने मुलुकहरूसँग कुटनीतिक वार्ता पुनः सुरु गर्नुपर्छ र घरेलु कामदारका लागि लगाइएको आप्रवासन प्रतिबन्ध हटाउने उपायहरू अवलम्बन गर्नुपर्छ।

- नेपाल-भारत सीमानाकाका एउटै स्थानमा दुईभन्दा बढी चेकजाँचका गतिविधिहरू निषेध गर्ने आफ्नो नीतिलाई सरकारले कडाईका साथ लागू गर्नुपर्छ। यसबाहेक, यस्ता स्थानहरूको फिर्ती केन्द्रहरूमा नियमित सामाजिक लेखा-जोखा पनि गरिनुपर्छ।

- चेतनामूलक गतिविधिहरूकासाथ साथै दीगो रोजगारीका अवसरहरूपनि थपिनुपर्छ। सबै सचेतनामूलक गतिविधिको सामाजिक लेखाजोखा सोही समुदायमै गरिनुपर्छ।

- सरकारले आफ्ना नागरिकहरूलाई उनीहरू जुनसुकै तरिकाबाट बाहिर गएका भए पनि उनीहरूको यथा आप्रवासन अवस्थाबाट निःशर्त उद्धार गर्ने व्यवस्था गर्नुपर्छ।

आप्रपासनमा प्रतिबन्ध लगाउँदा देखिने समस्याहरू

  -आप्रवासन प्रतिबन्धले धेरै आप्रवासन विपरितका कृयाकलापहरूलाई वैधानिकता दिन्छ फलस्वरूप मानवाधिकार उल्लंघनमा वृद्धि हुन्छ।

 -आप्रवासन प्रतिबन्धले धेरै महिला नेपाली नागरिकहरूलाई उनीहरूले नचाहँदा नचाहँदै एकै ठाउँमा खुम्च्याइदिन्छ जसले गर्दा उनीहरूका लागि हाल भैरहेका सामाजिक-आर्थिक व्यवधानहरू झन् बढछन्।

 -आप्रवासन प्रतिबन्धले नेपाली नागरिकहरूलाई अनधिकृतरूमा कामको खोजीमा जान बाध्य गराउँछ, जसले गर्दा उनीहरूको जोखिम झन् बढ्छ।

-आप्रवासन प्रतिबन्धले गर्दा अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली नागरिकहरू त्यागिन पुग्छन्।

-आप्रवासन प्रतिबन्धले धेरै नागरिकहरूलाई सम्भवतः  तस्करहरू को रूपमा कलंकित र अपराधीकरण गराउँछ।


प्रकाशित : बुधबार, असार १५ २०७९१०:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend