शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

प्रदेश नं १ मा १८ प्रतिशत रोपाइँ सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १५ २०७९
प्रदेश नं १ मा १८ प्रतिशत रोपाइँ सम्पन्न

विराटनगर- मनसुन प्रारम्भ भएदेखि नै वर्षेधान रोपाइँ पनि सुरु भएको छ। प्रदेश नं १ मा गत वर्ष आजको अवधिसम्ममा १८ दशमलव शून्य ६ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष आजसम्ममा १७ दशमलव ९९ प्रतिशत रोपाइँ भएको बताइएको छ।

मन्त्रालयबाट प्राप्त जानकारीअनुसार उच्च पहाडी क्षेत्रमा ३ हजार ७ सय ४९, मध्यपहाडी क्षेत्रमा २३ हजार ८ सय ९ र तराईमा ३३ हजार ७ सय ४५ हेक्टर जग्गामा रोपाइँ भएको छ।

वर्षेधान बालीका निम्ति आवश्यक पर्ने रासायनिक मलमा युरिया र डिएपीको अभाव रहेको कृषकहरुको गुनासो छ भने युरिया पाउँदा डिएपी नपाउने र डिएपी पाउँदा युरिया नपाउने स्थितिलाई समाप्त पारी कृषकलाई युरिया र डिएपीसँगै दिनुपर्ने प्रदेश सभासदस्य चुमनारायण तवदारले जानकारी दिए।

यसैगरी यस वर्ष धानवर्षका अवसरमा ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ नाराले किसानलाई राहत प्रदान गर्न सरकार किसानको मागमा गम्भीर हुनुपर्ने सदस्य तवदारको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असार १५ २०७९०७:०७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend