बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बैंकहरुमा तरलता प्रभाव: असोज पहिलो साता ८ अर्ब मात्रै निक्षेप संकलन हुदाँ ३१ अर्ब कर्जा माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
बैंकहरुमा तरलता प्रभाव: असोज पहिलो साता ८ अर्ब मात्रै निक्षेप संकलन हुदाँ ३१ अर्ब कर्जा माग

बैंक तथा वित्तीय संस्थाले असोज पहिलो साता ८ अर्ब मात्रै निक्षेप संकलन गरेका छन्। बैंकर्स संघका अुनसार १ देखि असोज ८ गतेसम्म बैंकहरुले ९ अर्ब निक्षेप संकलन गर्दा ३१ अर्ब कर्जाको माग देखिएको हो।

काठमाडौं- बैंक तथा वित्तीय संस्थाले असोज पहिलो साता ८ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन्। बैंकर्स संघका अुनसार असोज १ देखि ८ गतेसम्म बैंकहरुले ८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ३१ अर्ब रुपैयाँ कर्जाको माग देखिएको हो।

व्याजदर बढाएर निक्षेप संकलन बढाउने प्रयास गरेपनि बैंकहरु असफल भएका छन्। संघका अनुसार ब्याजदर नबढेको समयमा भदौ अन्तिमसाता निक्षेप संकलन २६ अर्ब र कर्जाको माग २८ अर्ब अर्थात निक्षेप र कर्जाको माग उस्तै उस्तै थियो।

लगानीयोग्य रकम (तरलता)को अभाव भएसँगै बैंकहरु निक्षेप संकलनमा केन्द्रित भएका हुन्। असोज ८ गतेसम्म आईपुग्दा कर्जाको माग उल्लेख्य बढेको छ भने निक्षेप संकलन निकै घटेको देखिएको छ। हालसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जाको माग ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा व्यवसायीहरुले दशै, तिहार र छठ पर्वका लागि आवस्यक सामान आयातका लागि कर्जा लिएका थिए । यस अवधिमा वैदेशिक रोजगारी तथा अध्ययनका लागि गएका नेपालीले पठाउने रेमिट्यान्समा पनि कमि आएको छ। निक्षेपको सुधार सुस्त छ तर कर्जा विस्तार आक्रामक भएकोले बजारमा तरलता चुलिदै गएको छ।

कोभिड १९ का कारण कर्जा पुनर्तालिकिकरण तथा व्याज पूँजीकरणको सुविधाले पनि कर्जा विस्तार धेरै देखिएको हो । कोभिड १९ का कारण सुस्त रहेको व्यापार व्यवसायले विस्तारै गति लिने क्रमले पनि बैंकिङ कर्जा बढेको हो । बाणिज्य बैंकहरुको आक्रामक कर्जा विस्तारले पनि नेपालको अर्थतन्त्र सुधार हुन थालेको संकेत गरेको छ।

nrb 1.PNG


प्रकाशित : सोमबार, असोज ११ २०७८११:२८
  • सम्बन्धित विषय:

  • # तरलता
  • # बैंकर्स संघ
  • # बैंक तथा वित्तीय संस्था
  • # निक्षेप संकलन
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend