शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

१९औँ राष्ट्रिय धान दिवस मनाइने

सोमबार, असार १३ २०७९
१९औँ राष्ट्रिय धान दिवस मनाइने

धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ। असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ। चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो।

काठमाडौं- सरकारले औपचारिक रुपमा यस वर्षको १९औँ राष्ट्रिय धान दिवस आगामी असार १५ गते बुधबार खुमलटारस्थित धानबाली अनुसन्धान केन्द्रमा औपचारिक रुपमा मनाउने भएको छ। 

'धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग' भन्ने मूल नाराका साथ खुमलटारको अलवा देशका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै धान दिवस मनाउने कार्यक्रम रहेको कृषि तथा पशुपक्षी विभागले जनाएको छ।

विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा रोपाइँ गरेर राष्ट्रिय धान दिवस औपचारिक सुरुआत गरिने जानकारी दिए। सरकारले प्रत्येक वर्ष असार १५ गते धान दिवस मनाउँदै आएको छ। 

धान दिवसलाई रोपाइँ दिवस पनि भनिन्छ। असार १५ गते नेपालमा दही चिउरा खाने चलनसमेत चलिआएको छ। चिउरा धान कुटेर तयार पारिने खाद्यान्न हो। नेपालीको प्रमुख खाद्यन्न बाली धानको गरिमा र महत्व अर्थतन्त्रसँग जोडिएको छ। धानको उत्पादन बढ्दा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बढोत्तरी हुन्छ भने घट्दा जीडीपी घट्ने गरेको पाइन्छ।  

विश्व खाद्य सुरक्षाको दृष्टिकोणबाट धान महत्वपूर्ण अन्न बाली हो। विश्वका झन्डै चार अर्ब जनसङ्ख्याको आधारभूत खाद्यान्न चामल हो। धानको नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा महत्व छ। नेपालमा १३० जातका धानका बीउ सिफारिस भइसकेका छन्। 

नेपालमा कुल खेतीयोग्य जमिनमध्ये ४७ प्रतिशत जमिनमा रोपाइँ हुन्छ। जसमध्ये तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा माथि छ। नेपालमा कुल खेतीयोग्य जमिन करिब ३१ लाख हेक्टर रहेको छ। रासस


प्रकाशित : सोमबार, असार १३ २०७९१२:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend