शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

२०२१ मा कार उद्योगले २ सय १० अर्ब डलर गुमाउने

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ११ २०७८
२०२१ मा कार उद्योगले २ सय १० अर्ब डलर गुमाउने

कन्सल्टिङ फार्म एलिक्सिपार्टनर्सका अनुसार चिप अभावका कारण विश्वभरका अटोमोबाइल उद्योगीहरुले २०२१ मा मात्र २ सय १० अर्ब गुमाउने छन्। गत मेमा गरिएको अध्ययनले १ सय १० अर्ब डलर गुमाउने अनुमान गरिएको थियो।

काठमाडौं- कार उत्पानमा प्रयोग हुने चिपको अभाव हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको छ। कारको माग अनुसारको उत्पादन हुन नसक्दा विश्वभर नै कार अभाव भएको छ।

कन्सल्टिङ फार्म एलिक्सिपार्टनर्सका अनुसार चिप अभावका कारण विश्वभरका अटोमोबाइल उद्योगीहरुले २०२१ मा मात्र २ सय १० अर्ब अमेरिकी डलर गुमाउने छन्। गत मे मा गरिएको अध्ययनले १ सय १० अर्ब डलर गुमाउने अनुमान गरिएको थियो।

तर चिप अभाव तिरन्तर जारी रहेका कारण अटोमोबाइल उद्योगहरुले गुमाउने रकम मेको तुलनामा करिब दोब्बर भएको हो। चिप अभावका कारण विश्वभरका अटोमोबाइल उद्योगहरुले २०२१ मा करिब ७७ लाख कार उत्पादन  गुमाउँदै छन्। मेमा कार उत्पादकहरुले कबिर ४० लाख कार उत्पादन गुमाउने अनुमान गरिएको थियो। 

कोरोना भाइरसका कारण विश्वभर नै लकडाउन हुँदा कारको उत्पादन/सप्लाइ चेन बिग्रिएका कारण अहिले कार उत्पादनमा समस्या देखिएको हो। महामारीले कार उत्पादकलाई जबरजस्त उत्पादन रोक्नु पर्ने अवस्थामा पुर्‍याएको हो। 

चिप अभावसँगै कार उत्पादन कम हुनुमा स्टिल उद्योगले पर्याप्त स्टिल दिन नसकेको र कामदारको अभावसमेत कारक रहेको एलिक्सिपार्टनर्सले उल्लेख गरेको छ। 

अहिलेको कार उत्पादन सर्टेज २०२२ को मध्यतिर पुगेपछि मात्र सामान्य अवस्थामा आउने छ। २०२३ सम्म पुग्दा कार उत्पादन मागभन्दा बढी हुने अनुमान गरिएको छ।   
  


प्रकाशित : सोमबार, असोज ११ २०७८०७:११
  • सम्बन्धित विषय:

  • # कार उत्पादक
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend