बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

स्किलिङ नेपाल फाउन्डेसनले राष्ट्रिय सीप प्रतियोगिता गर्ने 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १२ २०७९
स्किलिङ नेपाल फाउन्डेसनले राष्ट्रिय सीप प्रतियोगिता गर्ने 

काठमाडौं- स्किलिङ नेपाल फाउन्डेसनले राष्ट्रिय सीप प्रतियोगिता गर्ने भएको छ। यहि असार १४ गते विल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप प्रतियोगितागर्न लागिएको फाउन्डेसनले जनाएको छ।

प्रतियोगितामा विगतमा विभिन्न निकाय र परियोजनाबाट विल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह १ पास भएका र ५० वर्ष उमेर ननाघेका महिला तथा पुरुष प्रशिक्षार्थीले प्रतिस्पर्धा गर्न पाउने छन्।

सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा ईच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसका लागि इभेन्ट परियोजना-टू ले सहयोग गरेको पनि संस्थाले जनाएको छ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ।



प्रकाशित : आइतबार, असार १२ २०७९०८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend