शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

स्किलिङ नेपाल फाउन्डेसनले राष्ट्रिय सीप प्रतियोगिता गर्ने 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असार १२ २०७९
images
स्किलिङ नेपाल फाउन्डेसनले राष्ट्रिय सीप प्रतियोगिता गर्ने 
images
images

काठमाडौं- स्किलिङ नेपाल फाउन्डेसनले राष्ट्रिय सीप प्रतियोगिता गर्ने भएको छ। यहि असार १४ गते विल्डिङ इलेक्ट्रिसियन विषयमा राष्ट्रिय सीप प्रतियोगितागर्न लागिएको फाउन्डेसनले जनाएको छ।

images
images
images

प्रतियोगितामा विगतमा विभिन्न निकाय र परियोजनाबाट विल्डिङ इलेक्ट्रिसियन विषयमा तालिम लिएका र सीप परिक्षण तह १ पास भएका र ५० वर्ष उमेर ननाघेका महिला तथा पुरुष प्रशिक्षार्थीले प्रतिस्पर्धा गर्न पाउने छन्।

images
images

सीप सिकाइको सक्षमता, आत्मविश्वास र प्रतिस्पर्धी क्षमताको मापन गर्दै कर्मयोगी, सीपयुक्त र सम्बन्धित क्षेत्रमा ईच्छुक युवालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्न लागिएको र यसका लागि इभेन्ट परियोजना-टू ले सहयोग गरेको पनि संस्थाले जनाएको छ।

images
images

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ।



प्रकाशित : आइतबार, असार १२ २०७९०८:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend