बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

साढे ५ अर्बमा प्राइम स्टिल उद्योग सञ्चालन हुँदै

आइतबार, असार १२ २०७९
साढे ५ अर्बमा प्राइम स्टिल उद्योग सञ्चालन हुँदै

काठमाडौं- प्रतिस्थापन विधेयकसँगै सरकारले आयातित बिलेटमा कर बढाएपछि डण्डी उद्योगमा व्यवसायीको लगानी बढ्दो छ। 

चालु आर्थिक वर्षमा मात्रै डण्डी उद्योगमा झन्डै १३ अर्बको लगानी प्रतिबद्धता आइसेको छ।

गोल्छा परिवारका शरदले प्राइम स्टिल उद्योग स्थापना गर्ने भएको छ।  शरद गोल्छाले प्राइम स्टिल उद्योग स्थापन गर्न लागेका हुन्। गोल्छाले  नेपालमै डण्डी उत्पादन गर्ने गरी उद्योग दर्ता गराएका हुन्। 

उद्योग पर्सा जिल्लामा सञ्चालन हुने गरी दर्ता भएको छ। साढे ५ अर्बको लगानी रहने उद्योगमा ४ सय जनाले रोजगारी पाउने छन्।

उद्योगले वार्षिक एचआर स्ट्रिप ३ लाख ९६ हजार मेट्रिक टन, टीएमटी रड्स ७९ हजार २ सय मेट्रिक टन, वायर रड १ लाख १८ हजार ८ सय मेट्रिक टन र अन्य फलान जन्य विभिन्न प्रकार १ लाख १८ हजार ८ सय मेट्रिक टन वस्तु उत्पादन गर्ने गरी उद्योग दर्ता भएको छ। सतप्रतिशत नेपाली लगानी रहेको उद्योगमा १ लाख केभीए बिजुली खपत हुने दर्ता विवरणमा उल्लेख छ।

अहिले पनि सरकारले आर्थिक ऐन २०७९ मार्फत बिलेट आयातमा लाग्दै आएको कर बढाएको छ। जसका कारण व्यवसायीहरु नेपालमै उद्योगल सञ्चालन गर्न लागिपरेका हुन्।


प्रकाशित : आइतबार, असार १२ २०७९०६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend