शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

गण्डकी प्रदेशले बढाएको सवारी कर र ६/६ महिनामा जाचँपास गर्नुपर्ने नीति खारेज गर : नाडा 

शनिबार, असार ११ २०७९
गण्डकी प्रदेशले बढाएको सवारी कर र ६/६ महिनामा जाचँपास गर्नुपर्ने नीति खारेज गर : नाडा 

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले बढाएको सवारी कर र हरेक ६ महिनामा सवारी जाँचपास गर्नुपर्ने नीति खारेज गर्न माग गरेको छ। 

हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा हरेक ६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न नाडाले माग गरेको हो। 

नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ। सोहिअनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भइसकेको थियो। 

तर सो सहमती विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै हरेक ६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीतिसमेत ल्याएकोमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।


प्रकाशित : शनिबार, असार ११ २०७९०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend