शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

गण्डकी प्रदेशले बढाएको सवारी कर र ६/६ महिनामा जाचँपास गर्नुपर्ने नीति खारेज गर : नाडा 

images
शनिबार, असार ११ २०७९
images
गण्डकी प्रदेशले बढाएको सवारी कर र ६/६ महिनामा जाचँपास गर्नुपर्ने नीति खारेज गर : नाडा 
images
images

काठमाडौं- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गण्डकी प्रदेश सरकारले बढाएको सवारी कर र हरेक ६ महिनामा सवारी जाँचपास गर्नुपर्ने नीति खारेज गर्न माग गरेको छ। 

images
images
images

हालै जारी गरेको बजेट वक्तव्य मार्फत सवारी साधनहरुको वार्षिक करमा गरेको भारी मात्राको वृद्धि तथा हरेक ६ महिनामा सवारी साधनहरु जाँचपास गर्नुपर्ने अव्यवहारिक तथा जनतालाई दुःख दिने झन्झटिलो नीति अविलम्व खारेज गरि पुरानै व्यवस्था कायम गर्न नाडाले माग गरेको हो। 

images
images

नाडाले विगतदेखि नै सम्पूर्ण प्रदेशहरुमा सवारी साधनहरुको कर समान हुनुपर्ने माग राख्दै आएको छ। सोहिअनुसार केहि महिना अघि मात्रै ७ वटै प्रदेशका मन्त्रीहरुको बैठक बसि सबै प्रदेशहरुमा समान सवारी कर लागु गर्ने सहमती समेत भइसकेको थियो। 

images
images

तर सो सहमती विपरित अहिले आएर गण्डकी प्रदेश सरकारले मात्र एकतर्फी रुपमा भारी मात्रामा सवारी कर वृद्धि गर्नुका साथसाथै हरेक ६ महिनामा सवारी जाचँपास गर्नुपर्ने झन्झटिलो नीतिसमेत ल्याएकोमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले विरोध जनाउँदै तत्काल फिर्ता लिन माग गरेको छ।


प्रकाशित : शनिबार, असार ११ २०७९०८:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend