शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

५ सय बोरा अवैध चिनी बरामद

images
शुक्रबार, असार १० २०७९
images
५ सय बोरा अवैध चिनी बरामद

वैध रुपमा ल्याइएका करिब ५ सय बोरा चिनी प्रहरीले बरामद गरेको हो। 

images
images

नेपालगञ्ज- भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ। अवैध रुपमा ल्याइएका करिब ५ सय बोरा चिनी प्रहरीले बरामद गरेको हो। 

images
images
images

वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। 

images
images

'नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा ठूलो मात्रामा चिनी फेला पारेका हौँ, उनले भने। बाँकेमा विशेष गरी सेटिङमै जमुनाह, हिरमीनिया, साइगाउँ, बेतहनी र खडैचा नाकाबाट दिनहुँ ठूलो परिणाममा चिनी तस्करी हुँदै आएको बताइएको छ। 

images
images

भारतबाट तस्करी गरी ल्याइएको चिनी चर्को मूल्यमा बाँकेसहित बर्दिया, सुर्खेत, दाङलगायतका पहाडी जिल्लामा वितरण गरिन्छ। रासस


प्रकाशित : शुक्रबार, असार १० २०७९०५:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend