बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

‘गैरकानूनी ढंगले वैदशिक रोजगारीमा गएका नागरिकको उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्नु’

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, असोज १० २०७८
‘गैरकानूनी ढंगले वैदशिक रोजगारीमा गएका नागरिकको उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्नु’

काठमाडौं- गैरकानुनी ढंगले वैदशिक रोजगारमा गएका नागरिकको आपतकालीन उद्धारका लागि आवश्यक संरचना तत्काल निर्माण गर्न प्रतिनिधिसभाका सांसदहरुले सरकारसँग माग गरेका छन्।

देवेन्द्र पौडेल, विमलप्रसाद श्रीवास्तव लगायतका प्रतिनिधिसभाका सांसदहरुले गैरकानुनी ढंगले विदेश गई मृत भएका नेपाली नागरिकको परिवारलाई सम्बन्धित पक्षबाट क्षतिपूर्ति उपलब्ध गराउने काममा पनि केन्द्रित हुन सरकारलाई सचेत गराएका छन्।

आइतबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद पौडेलले गैर कानुनी ढंगले गएका तर विभिन्न देशमा वेपत्ता भएका नागरिकहरुको खोजी गरी पीडितलाई न्याय दिने गरी आवश्यक संयन्त्रको निर्माण गर्न सरकारसँग माग गरेका थिए।

उनले एक वर्ष वितिसक्दा पनि त्यस्ता नेपालीहरुको शव ल्याउने व्यवस्था समेत नहुने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सरकारले आवश्यक संयन्त्रको निर्माण गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

समितिका सभापति श्रीवास्तवले बैदेशिक रोजगारीको क्रममा मृत भएका नागरिकका पीडित परिवारलाई सम्बन्धित रोजगारदाताबाट क्षतिपूर्ति दिलाउने व्यवस्थालाई प्रभावकारी ढंगले अघि बढाउन सरकारलाई सचेत गराए। उनले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन समितिले पनि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए।

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन सरकारले अभिमूखिकरण कार्यक्रम समेत संचालन गरिरहेको समितिलाई जानकारी गराए। उनले भिजिट भिषामा गएका नेपालीहरुको भने आफ्नो मन्त्रालयसँग आवद्धता हुने व्यवस्था नभएकाले उनीहरुबारे जानकारी राख्न पनि समस्या भइरहेको बताए।
सचिव गौतमले सरकारले श्रम स्विकृति नलिई कुनै पनि नेपाली नागरिकलाई वैदेशिक रोजगारी पठाउने नगरेको स्पष्ट पारे।


प्रकाशित : आइतबार, असोज १० २०७८११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend