बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

इजरायल जान पास भएका १६ सय श्रमिकको सूची बुझाइयो [सूचीसहित]

आइतबार, असोज १० २०७८
इजरायल जान पास भएका १६ सय श्रमिकको सूची बुझाइयो [सूचीसहित]

वैदेशिक रोजगार विभागले छनौट प्रक्रिया पूरा गरेर इजरायललाई १ हजार ६ सय श्रमिकको सूची बुझाएको छ। अन्तर्वार्ता र स्वास्थ्य जाँच सकेर ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको सूची काठमाडौंस्थित इजरायल दूतावासमा बुझाउने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताएका छन्। 

काठमाडौं- वैदेशिक रोजगार विभागले छनौट प्रक्रिया पूरा गरेर इजरायललाई १ हजार ६ सय श्रमिकको सूची बुझाएको छ। अन्तर्वार्ता र स्वास्थ्य जाँच सकेर ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुषको सूची काठमाडौंस्थित इजरायल दूतावासमा बुझाउने निर्णय भएको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताएका छन्। 

लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका थिए। तीमध्ये १८६ जना उचाई र तौलमा फालिएका थिए।

भदौ २८ गते लिखित परीक्षाको नतिजा सार्वजनिक भएको थियो। 

जसमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष उत्तिर्ण भएका थिए। उचाइ र तौल परीक्षणमा उत्तीर्ण भएकाहरुको शनिबारसम्ममा अन्तार्वार्ता सकिएको हो। 

अन्तर्वार्तापछि १६ सय जना श्रमिक छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाइएको हो। अब इजरायलले यही सूचीबाट एक हजार जना श्रमिक केयर गिभरको लागि लैजाने छ। त्यहाँका संस्थाहरुमा उनीहरुले काम पाउने छन्। 

इजरायलले अब चिट्ठा प्रक्रियाबाट श्रमिक छान्ने छ। 

इजरायल जानका लागि लाख ६५ हजार रुपैयाँ खर्च हुन्छ। उनीहरुले हप्ताको ४२ घण्टा काम गर्नुपर्नेछ। त्यहाँका नागरिकसरह नै नेपाली श्रमिकले पनि सुविधा पाउनेछन्। उनीहरुले झण्डै दुई लाख रुपैयाँ मासिक कमाउने छन्।

यी हुन् छनोट भएका श्रमिक


प्रकाशित : आइतबार, असोज १० २०७८०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend